• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वैदेशिक रोजगारमा ९ महिना : १४ सय कामदारबाट ५५ करोडभन्दा बढी ठगी

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १०, २०७६  १४:०७
1140x725

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि वैदेशिक रोजगारका क्षेत्रमा भएका बेतिथिमा अपेक्षा अनुसारको सुधार हुन नसकेको देखिएको छ। 

चालु आर्थिक वर्षको ९ महिनामा १ हजार ४ सय ९० जना श्रमिकबाट ५५ करोड ५४ लाख ८८ हजार ६७३ रकम ठगी भएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। वैदेशिक रोजगारका उजुरीहरु पनि विभागमा उत्तिकै संख्यामा चाङ लागेका छन्। 

व्यक्तिगत तथा संस्थागत दुवै उजुरी गरेर यसै अवधिमा १४ सय ९० उजुरी परेका छन्। विभागले विभिन्न समयमा ठगिएका पीडितहरुका लागि ८२ करोड १ लाख ६४ हजार रुपैयाँ बिगो भराएको जनाएको छ। लेनदेनको हिसाब किताबबाट ३ सय ६७ वटा जाहेरीहरु विभागले मिलाएको जनाएको छ। हालसम्म अदालतमा १ सय १ मुद्धा दायर गरिएको उल्लेख छ। अदालतमा १ करोड ३५ लाखभन्दा बढी विगो भराइएको उल्लेख छ। 

म्यानपावर कम्पनीमाथि बढे उजुरीका चाङ
वैदेशिक रोजगारमा जाने कामदारलाई ठगी गर्ने म्यानपावर कम्पनीहरु नै सक्रिय भएको विभागको तथ्यांकले देखाएको छ। व्यक्तिगत ठगीभन्दा म्यानपावर कम्पनीमार्फत ठगिने कामदारको संख्या बढ्दै गइरहेको छ। म्यानपावर कम्पनीमार्फत चालु आर्थिक वर्षको ९ महिनामा ९ सय १ उजुरी परेका छन्।

म्यानपावर कम्पनीहरुले मासिक १ सय कामदारलाई ठगी गर्दै आएको विभागको तथ्यांकमा उल्लेख छ। ९ सयभन्दा बढी कामदारबाट १९ करोड ३१ लाखभन्दा बढी रकम म्यानपावर कम्पनीले ठगी गरेको विभागले जनाएको छ। अघिल्लो वर्षको यसै अवधिमा म्यानपावर कम्पनीविरुद्ध उजुरी दिनेको संख्या यसवर्षको भन्दा कम थियो। 

अघिल्लो वर्ष म्यानपावर कम्पनीविरुद्ध ७ सय ६९ वटा उजुरी परेका थिए। २४ करोडभन्दा बढी रकम ठगी भएको दाबी गरिएको थियो। ठगिएको रकम अघिल्लो वर्षमा बढी देखिए पनि कामदारको संख्या हेर्दा यस वर्ष ठगिनेको संख्या अघिल्लो वर्षको तुलनामा बढेको पाइएको छ। 

एजेन्टले ठगे झन्डै ३६ करोड 
गत साउनदेखि चैतसम्म वैदेशिक रोजगारीका नाममा व्यक्तिगत तर्फका ५ सय ८९ वटा उजुरी परेका छन्। जसमा ३६ करोड २३ लाख ८१ हजार ८ सय ३४ रुपैयाँ व्यक्तिगत ठगीमा बिगो दाबी गरिएको छ। 

९ महिनामा विभागले ५ करोड ५० लाख ४५ हजार ७ सय रकम मात्रै बिगो भराएको छ। व्यक्तिगततर्फ ६९ वटा जाहेर फरफारक (लेनदेनको हिसाबकिताब) मार्फत मिलाइएको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

व्यक्तिगत ठगी तर्फका १ सय १ मुद्दा अदालतमा विचाराधीन छन्। अदालतमा १३ करोड ५५ लाख ६७ हजार १ सय ७१ रकम बिगो दाबी कायम नै रहेको छ।

वैदेशिक रोजगार विभागमा आउने व्यक्तिगत उजुरी व्यक्तिमार्फत ठगिएका र प्रमाण भएका मात्रै हुन्। प्रमाण नभएका तर व्यक्तिगत रुपमा वैदेशिक रोजगारका क्रममा ठगिएका थुप्रै उजुरीहरु नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर काठमाडौंमा समेत आउने गरेका छन्। 

अघिल्लो आर्थिक वर्षको ९ महिनामा व्यक्तिगत तर्फका उजुरी ८ सय १८ वटा परेका थिए। जसमा ५४ करोड २ लाख २६ हजार ९८ रुपैयाँ ठगी भएको बिगो दाबी गरिएको थियो। जसमा विभागले १२ करोड, १७ लाख २८ हजार १ सय ११ रुपैयाँ बिगो भराएको थियो। 

लेनदेनको हिसाबकिताबबाट १ सय ५६ वटा जाहेरी मिलाइएको थियो। अघिल्लो आर्थिक वर्षको यसै समयमा १७४ वटा मुद्दा अदालतमा दायर गरिएका थिए। अदालतमा २३ करोड, ३५ लाख, ३२ हजार १ सय २ रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोही अवधिमा विभागबाट जरिवाना भने २ लाख ५५ हजार निणर्य गरिएको थियो। 

वैदेशिक रोजगारमा ठगिका घटना बढ्दै गइरहेको विभागको तथ्यांकमा नै देखिन्छ। 

एउटा काम भनेर अर्को काममा पुर्‍याउने 
वैदेशिक रोजगारमा खाडी जाने कामदारलाई एउटा काम भनेर अर्को काममा पुर्‍याउने क्रम बढ्दै गएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका निर्देशक भोलानाथ  गुरागाईका अनुसार साउदी, कतार, युएई लगायत मुलुकमा एउटा काम भनेर अर्कै काममा कामदारहरु पुर्‍याउने समस्या बढ्दै गएपछि कामदारहरु समस्यामा परेर फर्कने र विभागमा ठगीको उजुरी दिने गरेका छन्। 

म्यानपावर कम्पनीहरुले नै कामदारलाई राम्रो काम र कमाईको प्रलोभन देखाउने तर कमाई पनि विदेश पुगेपछि भनेजस्तो नहुने समस्याहरु बढ्दै गएको विभागले जनाएको छ। निर्देशक गुरागाई भन्छन्, ‘धेरै कामदारलाई राम्रो काम र कमाइको प्रलोभन देखाएर ठूलो रकम असुल्ने तर भनेजस्तो काम नहुने समस्या बढ्दै गएको छ।’

प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्