काठमाडौं- ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ परेका छन्। चेक बाउन्सको आरोपमा उनलाई प्रहरीले आज गौशालाबाट पक्राउ गरेको हो।
गौशालामै रहेको इडन गार्डेन स्कुलको सञ्चालक समेत रहेका नेपालले स्कुलको भाडाबापत दिएको ६ लाखको चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको थियो। घरधनी नरेशकुमार न्यौपानेको उजुरीका आधारमा उनी आज पक्राउ परेका हुन्।
नेपाललाई महानगरीय प्रहरी परिसर काठमाडौंमा ल्याई अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।