इलाम- नेकपा एमाले संसदीय दलका उपनेता तथा इलाम क्षेत्र नम्बर २ का उम्मेदवार सुवास नेम्वाङले वाम गठबन्धनका उम्मेदवारमाथि भइरहेका आक्रमण तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
नेम्वाङले उम्मेदवारको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न समेत माग गरेका छन्।
इलामको इभाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सरकार विभिन्न बहानामा निर्वाचन सार्ने दाउमा उद्यत रहेको बताउँदै उम्मेदवारमाथि आक्रमण हुनु निन्दनीय भएको बताए।
निर्वाचनपछि मुलुकमा समृद्धि र विकासको लहर छाउने बताउँदै उनले निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरे।
मुलुकको ऐतिहासिक संविधान बनाउन आफ्नो अतुलनीय योगदान रहेको उल्लेख गर्दै उनले संविधानको सफल कार्यान्वयन भएमा मात्र देशमा स्थिरता कायम हुने बताए।
प्रदेशसभा २ (ख) का उम्मेदवार धीरेन्द्र शर्माले समृद्ध जिल्ला बनाउने अभियानमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।