रसुवा– मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवामा म्यादी प्रहरी परिचालन गरिएको छ।
शुक्रबार सदरमुकाम धुन्चेमा एक कार्यक्रममा म्यादी प्रहरीहरुलाई नियुक्तिपत्र दिएर जिल्लाको विभिन्न स्थानमा खटाइएकोे हो।
४५ वटा मतदान केन्द्र र ३४ वटा मतदान स्थल रहेको रसुवामा २ सय ४० जना म्यादी प्रहरी परिचालन गरिएको छ। मतदान स्थल तथा केन्द्रमा नेपाल प्रहरीको मातहतमा रही उनीहरुले काम गर्ने प्रहरी नायव उपरीक्षक शरदकुमार थापा क्षेत्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।