काठमाडौँ – नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ८ का सभापति जुद्धरत्न बज्राचार्यको मस्तिष्काघातबाट आज दिउँसो निधन भएको छ । उनी ६३ वर्षका थिए।
उनी विगतमा कामपा वडा नं २४ मा दुईपटक वडाध्यक्ष थिए। उनका दुई छोरा र एक छोरी छन्।
उनको आजै शोभा भगवती कर्णद्वीपमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।