गोरखा– गोरखामा चुनाव प्रचारमा रहेका वाम गठबन्धनका कार्यकर्तालाई लक्षित गरी कुकर बम विस्फोट भएको छ। निर्वाचन क्षेत्र-२ को सिरदी खोला पुल नजिकै बम विस्फोट भएको हो। गोरखा नगरपालिका-११मा पर्ने सिरदी खोलाको पुल नजिकै सडकमा बम विस्फोट भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक प्रकास अधिकारीका अनुसार नेता श्रेष्ठ बैठकमै थिए तर केही कार्यकर्ता बाहिर रहेका बेला रिमोटबाट सञ्चालित बम बिस्फोट भएको थियो। वाम गठबन्धनले चुनावमा प्रयोग गरेको गाडी लक्षित गरी बम विस्फोट गराइएको थियो।
बम विस्फोट कसले गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।घटना भएको क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ।
गोरखा-२ मा दुई ‘हेभिवेट’ नेताहरू नयाँ शक्तिका डा बावुराम भट्टराई र माओवादी केन्द्रका श्रेष्ठ चुनावी मैदानमा छन्। यस क्षेत्रका करिब ६८ मतदान केन्द्रलाई अति संवेदनशील मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।