• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

धनुषाको चुनाव: निधि र महतोदेखि बहालवाला र पूर्वमन्त्रीबीचको भिडन्तले रोचक मोड 

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ३०, २०७४  १६:१९
1140x725

धनुषा- धनुषाका चार वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा सात दर्जनभन्दा बढीले उम्मेदवारी दिए पनि आठ जना शीर्ष नेताले भने कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। 

कडा प्रतिस्पर्धाबीच राजनीतिक भविष्य दाउमा रहेको शीर्ष नेतामा धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगाना, माओवादी केन्द्रका मातृका यादव, क्षेत्र नम्बर २ मा वर्तमान कृषिमन्त्री एवं कांग्रेस नेता रामकृष्ण यादव, माओवादी केन्द्रका नेता रामचन्द्र झा, क्षेत्र नम्बर ३ मा कांग्रेसका नेता विमलेन्द्र निधि, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो र क्षेत्र नम्बर ४ मा खानेपानी मन्त्री तथा कांग्रेस नेता महेन्द्र यादव तथा एमाले नेता रघुवीर महासेठ चुनावी प्रतिस्पर्धामा छन्। 

यी मुख्य प्रतिपस्पर्धी नेतालाई अहिले मतदाता रिझाउन हम्मे–हम्मे परेको छ। नेताका कार्यक्रममा कोणसभा, पार्टी प्रवेश, घरदैलो अभियान दिनरात चलिरहेको छ। प्रायः सबै नेताले आफ्ना कमजोरी लुकाउन जातीय शक्तिलाई प्रयोग गरिरहेका देखिन्छ। नेताले विकासभन्दा जातिका कुरा बढी उठाइरहेका छन्। 

नेपाली कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना धनुषाबाट दुई पटक सांसद भइसकेका र एकपटक पराजित भएका थिए। उनलाई कांग्रेसले संविधानसभा २ मा समानुपातिकबाट सभासद बनाएको थियो। ढुंगानालाई धनुषा–१ मा कडा टक्कर दिइरहेका माओवादी केन्द्रका नेता मातृका यादव पहिलो पटक चुनाव लड्दै छन्। पहिलो संविधानसभाको चुनावमा उनलाई माओवादीले समानुपातिकबाट सभासद बनाएको थियो। माओवादी अध्यक्ष प्रचण्डसँग असन्तुष्टि बढेपछि उनले कार्यकाल पूरा गर्नुअघि नै सभासदबाट राजीनामा दिएका थिए। 

कांग्रेस नेता रामकृष्ण यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट दुई पटक लगातार निर्वाचित भइसकेका छन्। पहिलो पटक सभासद बनेपछि लेखासमितिको संयोजक समेत भएका यादव अहिले कृषिमन्त्री छन्। 

Ncell 2
Ncell 2

सोही क्षेत्रबाट आफ्नो भविष्य खोजिरहेका माओवादी नेता रामचन्द्र झा पनि दुई पटक सांसद बनिसकेका छन्। पहिलो संविधानसभाको चुनावमा एमालेबाट जितेका झा दोस्रो संविधानसभाको चुनावभन्दा केही महिनाअघि मात्रै माओवादीमा प्रवेश गरेका थिए, तर दोस्रो चुनावमा उनी पराजित भए। झा प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्री समेत भएका थिए। यादव र झाबीच सो क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको छ। 

सबभन्दा बढी धनुषा निर्वाचन क्षेत्र नं ३ मा यतिबेला सबैको ध्यान केन्द्रित छ। यस क्षेत्रका शीर्ष नेता कांग्रेसका निधि र राजपाका महतोले उम्मेदवारी दिएसँगै कसले बाजी मार्ने भनेर चौतर्फी चर्चाको विषय बनेको छ। यतिखेर मतदातालाई फकाउन कांग्रेसका नेता निधि र राजपाका नेता राजेन्द्र महतो दिनरात खटिइरहेका छन्।

दुवै नेताले जित आफ्नो पक्षमा पार्नका लागि आफ्नो क्षेत्रबाहेक कुनै क्षेत्रमा जान सकेका छैनन्। महतो चुनावमा नआउँदा निधिलाई त्यति गाह्रो थिएन, तर उनको आगमनसँगै कडा प्रतिस्पर्धा हुने आकलन सबैले गरिरहेका छन्। धनुषा–३ मा मुस्लिम मतदाताको मतले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले त्यसतर्फ पनि दुवै नेता जोड दिएका छन्। 

धनुषा–४ बाट खानेपानी मन्त्री एवं कांग्रेस नेता महेन्द्र यादव र एमाले नेता रघुवीर महासेठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यादव पहिलो पटक संसदमा चुनाव लड्दै छन्। पहिलो र दोस्रो संविधानसभा चुनावमा उनलाई समानुपातिकबाट संसद्मा प्रतिनिधित्व गराइएको थियो। यादव तरुण दलको केन्द्रीय अध्यक्षसमेत भइसकेका छन्। 

एमाले नेता रघुवीर महासेठ धनुषाबाट एक पटक सांसद भएका छन्। राष्ट्रपतिमा डा रामवरण यादव चुनिएपछि खाली भएको सिटमा भएको उपचुनावमा महासेठले नै बाजी मारेका थिए।  संविधानसभाको दोस्रो चुनावमा भने उनी पराजित भएका थिए। उनी एक पटक मन्त्रीसमेत भइसकेका छन्। 

धनुषामा कुल ३८ लाख ९३ हजार ८६ मतदाता रहेकामा पुरुष २० लाख २८ हजार ८९, महिला १८ लाख ६४ हजार ९१ र तेस्रोलिंगी ६ जना छन्। रासस


 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  १६:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्