धादिङ- मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न धादिङमा पनि गाउँगाउँमा टोली खटाइएको छ। धान भित्र्याउने समय भएकाले मतदाता घरमा नभेटिएपछि टोलीले खेतमै गएर मतदाता शिक्षा दिन थालेको छ।
किसानले खेतमा धान काट्ने र भित्र्याउने समय परेकाले घरमा नभेटिएका मतदातालाई खेतबारीमै गएर शिक्षा दिइएको हो।
निर्वाचनमा मत बदर हुन नदिन जिल्ला निर्वाचन कार्यालयले जिल्लाका स्वयंसेवक, सामाजिक परिचालकलाई मतदाता शिक्षाका बारेमा तालिम प्रदान गरेको थियो । तालिमपछि टोली गाउँगाउँमा खटिएका छन्।
'निर्वाचनको समय छोटो छ, सबैलाई मतदाता शिक्षाका बारेमा जानकारी दिन सकिँदैन कि भनेर काम गरिरहेकै ठाउँमा गएर मतदाता शिक्षाको बारेमा जानकारी गराउँदै हिँडेका छौं', स्वयंसेवक शोभा लम्सालले बताए।
नीलकण्ठ नगरपालिका–९ मा खटिएकी लम्सालले घरमा कोही मतदाता नभेटिएर खेतखेतमा खोज्दै हिँड्नुपर्दा धेरै समस्या भएको बताइन्।
निर्वाचनका लागि धादिङ जिल्लामा २७५ मतदान केन्द्र र १०९ मतदानस्थल तोकिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।