मलेखु, धादिङ- अन्य गाउँमा उम्मेदवार मात्र होइन मतदातासमेत निर्वाचन प्रचारप्रसारमा लागेका बेला दक्षिणी धादिङको गजुरी गाउँपालिका–६ स्यामैडाडाँका चेपाङले भने वर्षौंदेखिको खानेपानी सपना पूरा गर्न योजना सुरु गरेका छन्।
सत्य साई सेवा संगठन, नेपालले सामुदायिक खानेपानी योजना सुरु गरेको हो। सो योजना अन्तर्गत सत्य साई साधना भवनको बुधबार शिलान्यास गरिएको छ। सत्य साई अन्तर्राष्ट्रिय संगठनका अध्यक्ष नरेन्द्रनाथ रेड्डी र श्रीमती हाइमा रेड्डीले संयुक्त शिलान्यास गरे।
कूल ६१ घर चेपाङको मात्र बस्ती रहेको सो योजना निर्माणमा कति खर्च लाग्ने भन्ने खुलाइएको छैन।
'गाउँमा खानेपानी समस्या थियो। जिल्लामा समेत गुनासो पुगेको थियो,' सत्य साई सेवा संगठन, नेपालका अध्यक्ष अमरबहादुर कार्कीले भने, 'जिल्ला समन्वय समिति र जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा समेत चेपाङले ज्ञापनपत्र बुझाएका थिए तर सुनुवाइ भएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।