काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवारले सुरक्षा खतरा महसुस गरे विशेष सुरक्षा दिने बताएको छ। चुनावी प्रचारप्रसार कार्यक्रममा नाम नखुलेका समूहबाट उम्मेदवारमाथि आक्रमण हुन थालेपछि निर्वाचन आयोगले उम्मेदवारको माग अनुसार विशेष सुरक्षा प्रदान गर्न सकिने बताएको हो।
निर्वाचन आयुक्त ईश्वरी पौडेलले निर्वाचनको समय उम्मेदवारले सुरक्षाको खतरा रहेको ठानेमा आवश्यकताका आधारमा विशेष सुरक्षा दिन सकिने बताए। आयोगको केन्द्रीय कार्यालयमा बुधबार आयोजित नमूना मतदान कार्यक्रममा बोल्दै आयुक्त पौडेलले उम्मेदवारको सुरक्षा खतराको मूल्यांकन गरेर जिल्ला सुरक्षा समितिले त्यसबारे निर्णय गर्ने जनाएका हुन्। उनले भने, 'उम्मेदवारको सुरक्षामा गृह मन्त्रालय र आयोग गम्भीर छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।