• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कञ्चनुरका तीन बस्तीको मुहार फेरिँदै

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २९, २०७४  १३:२१
1140x725

कञ्चनुर – स्थानीय तहको निर्वाचनपछि भीमदत्तनगरपालिका–९ का खल्ला, मुसेट्टी र टुँडिखेलको मुहार फेरिन थालेको छ। 
स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुर्गम बस्तीमा आधारभूत सेवा सुविधा पुग्न थालेको छ। ब्रह्मदेवबाट पैदल नै डेढ घण्टाको दूरी तय गरी पुगिने टुँडिखेलसम्म यातायातका साधन सञ्चालनका लागि सडक बनेपछि बीस मिनेटमै पुग्न सकिने भएको छ । मुसेट्टीसम्म गाडी पु¥याउने काम अघि बढेको छ। 

महिला स्वास्थ्यसेविकाका भरमा चलेका बस्तीमा नियमित रुपमा गाउँघर क्लिनिक सञ्चालनमा आउँदा सर्वसाधारणले सेवा पाउन थालेका छन्। “खास ब्रह्मदेव यहींँ हो, अहिले ब्रह्मदेव त त्यो बेला सिमकोट थियो” स्थानीयवासी धौले भारतीले भनिन्, “यति पुरानो बस्ती भएर पनि केही भएन, सधैँं समस्यामा मात्रै प¥यौ, जनप्रतिनिधि आएपछि केही काम भएका छन्, अब विकास हुन्छ भन्ने लागेको छ।” 

भीमदत्त नगरपालिका–९ वडा कार्यालयले डोजर लगाएर पहिरो पन्छाएपछि महाकाली नदी किनारको बाटामा गाडी गुड्न थालेका छन् । वडा नं ९ का वडाध्यक्ष राम नाथले भने, “सडक बनेपछि गाडीमा चढेर खल्ला, टुँडिखेसम्म पुग्न सकिन्छ।” 

स्थानीयवासी मोतीसिंह महतले जोखिम मोलेर केही महिनाअघि स्थानीयवासीसँग सहकार्य गरी बाटो खोलेका थिए। अध्यक्ष नाथले खल्ला, टुँडिखेल र मुसेट्टीसम्मको प्रमुख समस्या सडकको अभाव हुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताए। 

हरेक निर्वाचनमा स्थानीयवासीले जग्गाधनी पुर्जा, सडक निर्माण र विद्युत्का लागि नेतासित माग गर्दै आएका छन् । चुनाव जितेपछि नेताले आश्वासन पूरा नगर्दा अभावमै बाँच्नुपरेको यहाँका बासिन्दा बताउँछन् । “अरु बेला त केही भएन, स्थानीय निर्वाचनपछि आएका जनप्रतिनिधिले केही गर्लान् जस्तो देखिएको छ”, स्थानीयवासी कलावती धामीले भनिन्, “समस्या त अझ पनि छन् ,समाधान गरिनुपर्छ।” विगतमा नेताले अश्वासन मात्रै दिएर फर्के पनि स्थानीय तह निर्वाचनपछि सडक बनेर सुविधा भएको उनले बताए।  

Ncell 2
Ncell 2

उनी जस्तै खल्लाकी अञ्जली बोहराले स्थानीय तहमा विजयी नेताले सडक र स्वास्थ्य क्लिनिकमा सामान्य प्राथमिक उपचारका लागि औषधिको व्यवस्था गरेर काम देखाएको बताए। 

खल्ला, टुँडिखेल र मुसेट्टीमा चार सय परिवार बसोवास गर्छन् । स्थानीय निर्वाचनपछि टुँडिखेलमा नियमित रुपमा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । गाउँघर क्लिनिककी अनमी ममता महताले सानोतिनो उपचारसहित गर्भ जाँच, सुत्केरी जाँच, परिवार नियोजनका साधन वितरणलगायत सेवा प्रदान गरिएको छ। मासिक रुपमा दुई सयभन्दा बढीले यहाँबाट सेवा पाउने गरेका छन् । तीन बस्ती महिला स्वास्थ्य स्वयम्सेविकाका भरमा थिए । 

स्थानीय तह निर्वाचनपछि खल्ला, मुसेट्टीमा खोला नियन्त्रण, खानेपानी, बाटोघाटाका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । मुसेट्टीसम्म बाटो निर्माण, विद्युतीकरण, खानेपानी, खोला नियन्त्रण, मोबाइल टावर निर्माणलगायत मुख्य समस्यालाई प्राथमिकता दिएर काम शुरु गरिने अध्यक्ष नाथले बताए।  

तीन वटैै बस्तीका विद्यालयमा आधारभूत तहसम्म पढ्न सकिने भएकाले स्तरोन्नतिका लागि पहल गरिने अध्यक्ष नाथको भनाइ छ। 

भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार सिमलकोट हुँदा उत्तरका तीन बस्ती खल्ला, टुँडिखेल र मुसेट्टी खास ब्रह्मदेव थियो । छ सय वर्षअघि ब्रह्मदेवमा शक्ति बह्मदेवको शासन चलेको थियो । उहाँको नामबाट ब्रह्मदेव नाम राखिएको हो । पछि यस क्षेत्रमा भीमदत्त पन्तले आधार इलाका बनाई क्रान्तिको शुरुआत गरेका थिए। समय बित्दै जाँदा दशकौंँ पुरानो ब्रह्मदेव खल्ला, मुसेट्टी र टुँडिखेल मात्रै भएन, आफ्ना सबै पहिचान गुमाउँदै दुर्गम क्षेत्रमा बदलिएको छ। रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्