• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कञ्चनुरका तीन बस्तीको मुहार फेरिँदै

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २९, २०७४  १३:२१
1140x725

कञ्चनुर – स्थानीय तहको निर्वाचनपछि भीमदत्तनगरपालिका–९ का खल्ला, मुसेट्टी र टुँडिखेलको मुहार फेरिन थालेको छ। 
स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुर्गम बस्तीमा आधारभूत सेवा सुविधा पुग्न थालेको छ। ब्रह्मदेवबाट पैदल नै डेढ घण्टाको दूरी तय गरी पुगिने टुँडिखेलसम्म यातायातका साधन सञ्चालनका लागि सडक बनेपछि बीस मिनेटमै पुग्न सकिने भएको छ । मुसेट्टीसम्म गाडी पु¥याउने काम अघि बढेको छ। 

महिला स्वास्थ्यसेविकाका भरमा चलेका बस्तीमा नियमित रुपमा गाउँघर क्लिनिक सञ्चालनमा आउँदा सर्वसाधारणले सेवा पाउन थालेका छन्। “खास ब्रह्मदेव यहींँ हो, अहिले ब्रह्मदेव त त्यो बेला सिमकोट थियो” स्थानीयवासी धौले भारतीले भनिन्, “यति पुरानो बस्ती भएर पनि केही भएन, सधैँं समस्यामा मात्रै प¥यौ, जनप्रतिनिधि आएपछि केही काम भएका छन्, अब विकास हुन्छ भन्ने लागेको छ।” 

भीमदत्त नगरपालिका–९ वडा कार्यालयले डोजर लगाएर पहिरो पन्छाएपछि महाकाली नदी किनारको बाटामा गाडी गुड्न थालेका छन् । वडा नं ९ का वडाध्यक्ष राम नाथले भने, “सडक बनेपछि गाडीमा चढेर खल्ला, टुँडिखेसम्म पुग्न सकिन्छ।” 

स्थानीयवासी मोतीसिंह महतले जोखिम मोलेर केही महिनाअघि स्थानीयवासीसँग सहकार्य गरी बाटो खोलेका थिए। अध्यक्ष नाथले खल्ला, टुँडिखेल र मुसेट्टीसम्मको प्रमुख समस्या सडकको अभाव हुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताए। 

हरेक निर्वाचनमा स्थानीयवासीले जग्गाधनी पुर्जा, सडक निर्माण र विद्युत्का लागि नेतासित माग गर्दै आएका छन् । चुनाव जितेपछि नेताले आश्वासन पूरा नगर्दा अभावमै बाँच्नुपरेको यहाँका बासिन्दा बताउँछन् । “अरु बेला त केही भएन, स्थानीय निर्वाचनपछि आएका जनप्रतिनिधिले केही गर्लान् जस्तो देखिएको छ”, स्थानीयवासी कलावती धामीले भनिन्, “समस्या त अझ पनि छन् ,समाधान गरिनुपर्छ।” विगतमा नेताले अश्वासन मात्रै दिएर फर्के पनि स्थानीय तह निर्वाचनपछि सडक बनेर सुविधा भएको उनले बताए।  

nimb
nimb
Ncell 2
Ncell 2

उनी जस्तै खल्लाकी अञ्जली बोहराले स्थानीय तहमा विजयी नेताले सडक र स्वास्थ्य क्लिनिकमा सामान्य प्राथमिक उपचारका लागि औषधिको व्यवस्था गरेर काम देखाएको बताए। 

खल्ला, टुँडिखेल र मुसेट्टीमा चार सय परिवार बसोवास गर्छन् । स्थानीय निर्वाचनपछि टुँडिखेलमा नियमित रुपमा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । गाउँघर क्लिनिककी अनमी ममता महताले सानोतिनो उपचारसहित गर्भ जाँच, सुत्केरी जाँच, परिवार नियोजनका साधन वितरणलगायत सेवा प्रदान गरिएको छ। मासिक रुपमा दुई सयभन्दा बढीले यहाँबाट सेवा पाउने गरेका छन् । तीन बस्ती महिला स्वास्थ्य स्वयम्सेविकाका भरमा थिए । 

स्थानीय तह निर्वाचनपछि खल्ला, मुसेट्टीमा खोला नियन्त्रण, खानेपानी, बाटोघाटाका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । मुसेट्टीसम्म बाटो निर्माण, विद्युतीकरण, खानेपानी, खोला नियन्त्रण, मोबाइल टावर निर्माणलगायत मुख्य समस्यालाई प्राथमिकता दिएर काम शुरु गरिने अध्यक्ष नाथले बताए।  

तीन वटैै बस्तीका विद्यालयमा आधारभूत तहसम्म पढ्न सकिने भएकाले स्तरोन्नतिका लागि पहल गरिने अध्यक्ष नाथको भनाइ छ। 

भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार सिमलकोट हुँदा उत्तरका तीन बस्ती खल्ला, टुँडिखेल र मुसेट्टी खास ब्रह्मदेव थियो । छ सय वर्षअघि ब्रह्मदेवमा शक्ति बह्मदेवको शासन चलेको थियो । उहाँको नामबाट ब्रह्मदेव नाम राखिएको हो । पछि यस क्षेत्रमा भीमदत्त पन्तले आधार इलाका बनाई क्रान्तिको शुरुआत गरेका थिए। समय बित्दै जाँदा दशकौंँ पुरानो ब्रह्मदेव खल्ला, मुसेट्टी र टुँडिखेल मात्रै भएन, आफ्ना सबै पहिचान गुमाउँदै दुर्गम क्षेत्रमा बदलिएको छ। रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्