• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अनि, एनआरएन नरोजेर के गर्नु?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २७, २०७४  ०९:०९
1140x725

एक चर्चित सेलिब्रिटी र बैंसालु सुन्दरी। 

कति जना आउँदा हुन् विवाह प्रस्ताव लिएर? कस्ता–कस्ता आउँदा हुन्? कसरी फकाउन खोज्दा हुन्? धेरै जना राम्राले एकैपटक फलो गरिरहँदा ‘कसलाई दिऊँ यो जोवन?’ भनेर कति पटक दोधार हुँदो हो उसलाई। 

यी जिज्ञासा मेरो दिमागमा धेरै दिनदेखि नाचिरहेका थिए। लागिरह्यो, ऊसँग बिहे–संवाद गर्न पाए त पठनीय ‘स्टोरी’ बन्थ्यो।

ऊ मलाई पत्रकारका रूपमा निकट ठान्छे। सल्लाह/सुझाव लिन्छे र समाचारयोग्य कुरा आफै टिपाउँछे पनि। अर्थात्, ऊसँग राम्रै न्युज सेन्स पनि छ र मसँग राम्रै सम्बन्ध पनि।

मंसिर आउन थालेको फेरि। धेरैले यही बेला हो सुर कस्ने। यसैको पूर्वसन्ध्यामा ऊसँग बिहे–संवाद गर्ने योजना बनाएँ। मैले आफ्नो सञ्चारमाध्यम जुन ‘टपिक’मा कुरा गर्न खोजे पनि अस्वीकार गरेको रेकर्ड अहिलेसम्म थिएन। विश्वस्त छे, ‘मलाई हानि हुने कुरा तपाईं लेख्नुहुन्न।’

प्रश्नको खाका दिमागमा बनाएर गएँ। उसलाई सिटी सेन्टर बोलाएँ। भर्खरै रिलिज भएको एउटा नेपाली फिल्म हेर्नुअघि म त्यो अन्तर्वार्ता गर्न चाहन्थेँ।

उसले पहिलोपल्ट सर्त तेर्स्याई, ‘तपाईंसँग म विवाहबारे कुरा त गर्छु। छाप्न पाउनुहुन्न। वा, छाप्न पनि पाउनुहुन्छ, तर मेरो नाम खुलाउन पाउनुहुन्न। यी मेरा निजी कुरा हुन्। तपाईंसँग साथीका रूपमा शेयर गर्न मन छ। तर, धेरैलाई सुनाउन मन छैन।’

म दोधारमा परेँ, म त स्टोरी बनाउन आएको! स्टोरी नै बन्दैन भने किन सुन्ने कुरा? स्वार्थी भइदिएँ, ‘त्यसो भए किन यो टपिकमा कुरा गर्ने?’ उसले पनि मुखै फोरेर भनी, ‘पत्रकारका लागि हामी एउटा ‘समाचार’ भन्दा बढी केही होइनौँ? पत्रकार लाउड स्पिकरमात्रै हो? यता हामीहरू सानो स्वरमा बोल्छौँ, उता मासमा ठूलो स्वरमा सुनाइदिने? पत्रकारसँग अरूका कुरा सुनेर मनभित्रै सञ्चय गर्न सक्ने ‘हार्डडिस्क’ वा अरूलाई सम्झिदिने ‘हार्ट’ हुँदैन?’

Ncell 2
Ncell 2
nimb
nimb

उसका शब्दवाणले मुटु छेडेर गए। भित्रभित्रै त्यस्तो भनेर उसको चित्त दुखाएकोमा ग्लानि भइरह्यो। 

उसले अनुहार तितो बनाई। हामीले पिइरहेको क्यापचिनोको स्वादजस्तै। एकछिन चुपचाप बसियो। उसको त्यो हंसमुख अनुहार उदास भइसकेको थियो। मतिर हेर्न छाडेर कमलपोखरीतिर हेरिरहेकी थिई। एकछिनमा त उसैका आँखा कमलपोखरी भएछन्। टिस्यू पेपर उठाई र आँखाको कमलपोखरी खाली बनाई।

त्यसपछि सविस्तार आफ्ना भावना यसरी पोखी।

०००
प्रेम संसारको सबैभन्दा उच्चकोटिको चिज हो। तर, यो प्रेम व्यक्त गर्ने अंग्रेजी वाक्य ‘आई लभ यू’ संसारकै सबभन्दा सस्तो लाग्छ मलाई। फेसबुकमा रहेका केही लाख फलोअरमध्ये एक लाखले पो यसो भनी पठाएका! (ऊ कसैलाई गिज्याएको जस्तो हाँसो हाँसी।)

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मलाई होइन, मेरो कलालाई माया गरेका हुन् यिनले भन्ने लाग्छ। तर, यी चित्त बुझाउने कुरा हुन्। मभन्दा राम्रो कला भएका ती अलि कम राम्रीहरूलाई कतिले ‘आई लभ यू भन्छन्?’ कलालाई माया गर्‍या भए म होइन, ती हिट हुन्थे। तर, कला त बहाना न हो, यो तनमाथि आँखा लगाउनेहरू जिब्रोभन्दा बाहिरबाट ‘आई लभ यू’ भन्छन्। एउटा फिल्मको डायलग जस्तै ‘यो गिद्धैगिद्धको सहर हो’ र ती ‘आई लभ यू’हरू तिनीहरूले चुहाएका र्‍याल हुन्।

ऊ  भन्दै गई।

ती र्‍यालहरूको उपयोग त मैले पनि गरिरहेकी छु। मसँग नजिक हुन राम्रै खर्च गर्छन्। प्रोग्राममा बोलाउँछन्। मास बटुल्छन्, म हिट हुँदै गइरहेकी छु।

साँच्चै भन्नुपर्दा, ‘म त भित्रैदेखि प्रेम गर्छु’ भन्नेहरू आए, ‘संसारकै सुख दिन्छु’ भन्ने आए। सुन्दर आए, ठिकठिकै अनुहारका आए, कुरूप आए। धेरैधेरै प्रकारका आए। कति आए कति!

तर, त्यो अहिलेसम्म आएन। जो मैले चाहन्छु। 

ऊसँग मैले केही अपेक्षा गरेकी छैन। यो जुनीमा खान पुग्ने म आफै कमाउन सक्छु। उसले चोखो माया गरोस्। संस्कार भएको होस्, काम सानोतिनो मात्रै गरोस्, राम्रो गरोस्। कमाओस् थोरैमात्रै, तर ऊसँग हीनताबोध नहोस्। र, कहिल्यै महसुस नगरोस्, यो सेलिब्रिटी हो। पहिलो उसको दिलमा होस् यो मेरी प्रिय जीवनसंगिनी हो। ऊ जे गरिरहेकी छे, त्यो काम हो।

त्यस्ता खोज्न आफै पनि अघि सरेँ। आफन्त घरपरिवारलाई भनेँ। मैले चाहेकाहरू कोही ‘सेलिब्रिटीसँग घरबार राम्रो हुँदैन’ भनेर चार हात पर भाग्छन्। कोही अर्कै ग्रहका प्राणी ठान्छन्। कोही भेट्दा ‘ड्यासिङ’ हुँदैनन्, लुरुक्क पर्छन्। मनमा लाग्छ, आत्मविश्वासै नभएको मान्छेसँग के बिहे गर्नु? पहिल्यै कला क्षेत्रलाई हेर्ने दृष्टिकोण वक्र भएकासँग के सम्बन्ध जोड्नु?

ती दिनमा थिए, मैले भनेजस्ता केटाहरू। खूब पछ्याउँथे पनि। करिअर बनाउनुपर्छ भनेर त्यता ध्यान दिइएन। अब करिअर बनाइयो, उनीहरू छुटे। ती थिए, कलेज पढ्दाका, डान्स सिक्दाका, संगीत सिक्दाका साथीहरू।

मलाई लाग्थ्यो, किन कोमल दिदी बिहे नगरी बस्या, राजेश दाइले किन ढिलो गर्‍या? जब अघिल्लो वर्षदेखि ‘अब बिहे पनि गर्नुपर्छ’ भनेर केटाहरूमाथि नजर डुलाउन थालियो, लाग्यो कहाँ सजिलो छ र बिहे गर्न? जस्तातस्ता आफूले नहेरिने, भन्या जस्ताले आफूलाई नहेर्ने!

सबैले सम्झौता गर्न भन्छन्, मलाई यो घरजग्गाको किनबेच हो जस्तो लाग्दैन। भोलि मन लागेन भने बेचेर अन्तै किन्ने। यो त घर बनाउने कुरा हो, जग्गामा होइन मनभित्र। उसको मनमा आफ्नो घर होस् र आफ्नो मनमा उसको  कसरी सकिन्छ यस्ता कुरामा सम्झौता गर्न?

मलाई लाग्छ, धेरै सेलिब्रिटीका घरबार भाँडिनुका कारणै सम्झौता हुन्। सम्झौता हुन्छ, करार हुन्छ। एक दिन सम्झौता मिति सकिन्छ, घरबार सकिन्छ।

०००
यही क्रममा उसले एउटा रहस्यमय प्रश्न गरी, 'मेरा धेरै साथीहरुले बिहेका लागि एनआरएन नै किन रोजे थाहा छ तपार्इंलार्इ?'

म जिज्ञासु बनेँ। कुनै प्रतिक्रिया नदिर्इ उसैको उत्तरको प्रतीक्षा गरेँ। 'त्यहाँ बस्ने मान्छे एक हदसम्म यो पारिवारिक, सामाजिक, अनेक कुराबाट मुक्त हुन्छ। कसैको कुरा सुन्ने फुर्सदमा हुँदैन। त्यसैले आफ्नो विवेकको प्रयोग गर्छ,' उसले भन्दै गई, 'त्यहाँ पुगेपछि यहाँ जस्तो जीवन बर्बाद हुँदैन। भविष्यमा छुट्नै परे पनि गरिखाने मेलोमेसो मिलिसकेको हुन्छ। कसैले किन छुट्टियौ सोध्दैन, किन एक्लै भन्दैन। अनि एनआरएन नरोजेर के गर्नु?'

उसले नेपालमै बसेर जीवनपर्यन्त कलाकारिता गर्ने सपना भएका केही साथीहरुको नाम उल्लेख गरी। जो अहिले परदेशमा गुमनाम जीवन जिइरहेका छन्।

०००
मसँग अब प्रश्न रहेनन् र न त थिए उसका यी तमाम प्रश्नका उत्तर। एउटा नेपाली भनाइ सम्झेँ, ‘चाहेको पाइन्न, पाएको चाहिन्न।’


हरेक सोमबार प्रकाशन हुने स्तम्भ 'एक घुम्ती, एक पात्र'का यसअघिका शृंखला- 

रियल गुन्डाको हिरो अवतार
एक नेपाली हिरोइनको #metoo : हाम्रो चरित्रमाथि किन चोरऔंला?

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०७४  ०९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्