जितपुर, कपिलवस्तु- कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका दीपकुमार उपाध्यायविरुद्ध उजुरी परेको छ।
पूर्वराजदूतसमेत रहेका उनले आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।
उम्मेदवार उपाध्यायले निर्वाचन आयोगको निर्देशनविपरीत सार्वजनिकस्थलमा ठूल्ठूला होर्डिङ बोर्ड झुन्ड्याएको भन्दै उजुरी परेको हो। उपाध्यायले आचारसंहिताविपरीत कार्य गरेको उल्लेख गर्दै कपिलवस्तु नगरपालिका बस्ने विक्रम बढई तथा रामसुभग चाईले संयुक्तरुपमा उजुरी दर्ता गराएका हुन्।
जिल्ला निर्वाचन कार्यालय प्रमुख ज्ञानहरि घिमिरेका अनुसार उजुरी दर्ता भएको र नियमअनुसार उनलाई सचेत गराइएको छ। कार्यालयका अनुसार आचारसंहिता उल्लंघनविरुद्ध अहिलेसम्म मौखिक र फोनमार्फत धेरै उजुरी आए पनि लिखित भने दुई वटा मात्र परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।