भरतपुर- माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं-३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड यतिवेला चुनावी अभियानमा छन्। आफ्ना क्षेत्रका मतदातासामु गई भोट फकाउन उनलाई भ्याइनभ्याई छ।
आज उनी शिवनगरमा पुगी लालपूर्जा विहीनहरुसँग अन्तरक्रिया गरेका छन्। सुकुम्बासीहरुले उनीसँग समस्याको दीर्घकालीन समाधान गर्न आग्रह गरे। सो क्रममा उनले ०३६ सालमा आन्दोलन चलिरहँदा आफूले शिवनगरको गौचरनमा खम्बा गाडेर सुकुम्बासी बसालेको बताए। 'तपाईंहरुलाई बसालेपछि प्रशासनले मेरो घरमा छापा मार्यो अनि म भूमिगत जीवनतिर गएँ,' उनले भने।
राधापुर र सुन्दरबस्तीको घरदैलो अभियानमा पनि उनी आज व्यस्त रहे।
हेर्नुस् तस्बिरहरु-



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।