काठमाडौं- वाम गठबन्धनका शीर्ष नेताले चुनावी अभियानलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन्।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा अभियानलाई सम्बोधन गर्ने भएका हुन्। गोरखाबाट कात्तिक २९ गते सुरु हुने अभियान देशका १४ प्रमुख सहरमा चल्नेछ। उनीहरु दुवैले वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन ओलीका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। अभियान मंसिर ९ गते सकिनेछ।
कुन सहरमा कहिले?
कात्तिक २९ - गोरखा
कात्तिक ३० - बागलुङ र स्याङ्जा
मंसिर २ - झापाको दमक
मंसिर ३ - झापाको काँकडभिट्टा र मोरङको विराटचोक
मंसिर ५ - बुटवल र दाङ
मंसिर ७ - सुर्खेत र दैलेख
मंसिर ८ - कैलाली र कञ्चनपुर
मंसिर ९ - पोखरा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।