बेइजिङ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुग्नुभएको छ । उनी बुधबार अपरान्ह चीनको राजधानी बेइजिङ पुगेका छन्।
चीनको राजकीय भ्रमणका क्रममा आज दक्षिण कोरियाबाट चीन गएका हुन्। एसिया भ्रमणका क्रममा उनी गत आइतबार जापान पुगेका थिए।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक चीन भ्रमणमा गएका हुन्।
दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति भएका छन्।
उनको तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।