काठमाडौं — जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले नाम फिर्ता लिने लिएका छन् । सोमबार बसेको संसदीय सुनुवाइ समितिकै बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले नाम फिर्ता लिनेबारे समिति बैठकमा जानकारी गराए।
थापाले आफूविरुद्ध उठेको स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सम्बन्धी प्रश्नका कारण राजदूतका लागि दिएको नाम फिर्ता लिने समितिलाई जानकारी दिएका हुन् । सभापति श्रेष्ठले थापाको स्वार्थको द्वन्द्वको विषय उठेकाले उक्त निर्णय लिनुपरेको बताए । थापाले आफूलाई कानूनी रूपमा राजदूत बन्न रोकावट नहुने भए पनि व्यक्तिगत विषय जोडिएकाले नाम फिर्ता लिने निर्णय गरेको सुनाएको श्रेष्ठले समितिलाई जानकारी गराए ।
थापाको परिवार हाल जापानको स्थायी बासिन्दा रहेकोले समिति सदस्यहरुले प्रश्न उठाएका थिए । थापाले नाम फिर्ता लिनेबारे समितिमा निवेदन पत्र पठाएका छन् ।
यसअघि थापालाई राजदूत बनाएर नपठाउने समझदारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको शीर्ष तहमा भएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।