मंगलबारे, इलाम- इलाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश 'क' बाट उम्मेदवार बनेका डम्बर खड्काले आफू विजयी भए सरकारी तलब भत्ता नलिने घोषणा गरेका छन्।
इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै प्राप्त सेवा सुविधामा आफूले अझ थपेर वृद्धवृद्धालाई प्रदान गर्ने उनले घोषणा गरे।
'मलाई कुनै पनि सरकारी पैसाको लोभ छैन। म समाजको लागि सेवा गर्न राजनीतिमा होमिएको हुँ,' उनले भने।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका खड्का निर्माण व्यवसायी हुन्। हालसम्म विभिन्न धार्मिक संघसंस्थामा व्यक्तिगत रुपमा सहयोग गर्दै आएका खड्का समाजसेवीको रुपमा समेत परिचित छन्।
आफूलाई आवश्यक रकम निर्माण व्यवसायबाट नै प्राप्त हुने भन्दै खड्काले देशको विकासमा आफू लगातार लागिरहने प्रतिबद्धता समेत जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।