काठमाडौँ- नेकपा मालेका पोलिटब्युरो सदस्य रामचन्द्र बलामीसहित ३० जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।
मंगलबार साँझ आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले (माले) का केन्द्रीय सदस्य भरतमणि ज्ञवाली, सो पार्टीको मजदुर संगठनको केन्द्रीय अध्यक्ष नरबहादुर थापा लगायतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका हुन्।
ज्ञवाली गुल्मी क्षेत्र नं १ मा नेकपा (माले) कातर्फबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फका उम्मेदवार हुन्।
सो अवसरमा अध्यक्ष ओलीले वाम गठबन्धनलाई समृद्ध र प्रभावकारी बनाउने एकता प्रक्रियामा यसले सहयोगी हुने बताए।
मालेका पोलिटब्युरो सदस्य बलामीले बृहत् वामपन्थी एकताका लागि प्रयास गर्दा मालेको नेतृत्व तयार नभएकाले आफूहरु बृहत् वाम एकतामा आएको प्रस्ट पारे।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।