काठमाडौं– निर्वाचन आउनै लाग्दा प्रहरी प्रधान कार्यालयले तीन जिल्ला एसपीहरु हेरफेर गरेको छ। कैलाली, सुर्खेत र स्याङ्जाका एसपीको सरुवा भएको हो। कैलालीमा एसपी विनोद घिमिरेलाई सरुवा गरिएको छ। त्यस्तै, सुर्खेतमा उमा चतुर्वेदी र स्याङ्जामा प्रदीप श्रेष्ठलाई सरुवा गरिएको छ। स्रोतका अनुसार कांग्रेसका उम्मेदवारहरुको सिफारिसमा एसपीहरु फेरिएका हुन्।
कांग्रेस नेताहरुले एसपीहरुबाट आफूहरुलाई सहयोग नभएको गुनासो गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीहरुको सरुवा गरेका हुन्। प्रधानमन्त्री देउवाले नै हाल गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन्। जिल्ला इन्चार्ज हुने अवसर पाएका तीनै जना एसपी कांग्रेस निकटस्थ मानिन्छन्। त्यस्तै महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी आभुषण तिम्सिनालाई तीन महिनामै हटाएर डिएसपी रबिन्द्र रेग्मीलाई पठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।