काठमाडौं- आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ।
आज ललितपुरमा सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले ‘राजासहितको प्रजातन्त्र’लाई समेत उल्लेख गरेको छ। स्थापनाकालदेखि नै हिन्दु राष्ट्र तथा संवैधानिक राजसंस्थाको पक्षमा वकालत गर्दै आएको राप्रपाको घोषणापत्रमा लेखिएको छ, 'जनताको प्रत्यक्ष अभिमतबिना हिन्दु राष्ट्रको संवैधानिक व्यवस्थालाई अन्त्य गर्ने घोषणा एवं परम्परागत मान्यताहरुप्रति वितृष्णा फैलाउने कार्य नेपालको राष्ट्रिय पहिचानलाई क्रमश: कमजोर बनाउँदै लगी अन्तत: नेपालको अस्तित्वलाई नै धरापमा पार्न चाहने षड्यन्त्रको एक कडी हो भन्ने तथ्य विगत केही वर्षयताका घटनाक्रमहरुले पुष्टि गरिरहेका छन्।'
राप्रपाले आफ्नो घोषणापत्रमा राजसंस्थासहितको लोकतन्त्रको अवधारणालाई समेत समेटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।