• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

रियल गुन्डाको हिरो अवतार

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २०, २०७४  १३:३५
1140x725

ती हिरोइनका लागि गुन्डा शब्द नौलो होइन । १८ वटा फिल्ममा अभिनय गरिन् । कुनै फिल्म यस्तो थिएन, जहाँ गुन्डाले अपहरण गरेको वा बलात्कारको प्रयास गरेको दृश्य नराखिएको होस् । फिल्ममा द्वन्द्व सिर्जना गर्ने उही परम्परागत ढर्राभन्दा माथि फिल्म क्षेत्र उठेको जो छैन।

कुरा फिल्मको मात्र होइन, उनले अभिनय गरेका ३७ वटा म्युजिक भिडियोमध्ये पनि कतिपयमा निर्देशकले गुन्डाको रोल राख्नुपर्ने महसुस गरेका थिए । त्यसैले उनले गुन्डा शब्द र हुलिया दुवै पचाइसकेकी थिइन्। 

बाटोमा हिँड्दा भेटिने डरलाग्दो हुलियाको युवालाई देख्दा उनका साथीहरु ‘कस्तो गुन्डा जस्तो !’ भनेर तर्किन्थे । उनलाई हाँसो उठ्थ्यो । उनलाई खासमा कसैलाई गुन्डा भनेर मान्ने मान्छेभित्रको सोच मात्रै हो जस्तो लाग्थ्यो । किनभने फिल्ममा गुन्डाको भूमिकामा अभिनय गर्ने अधिकांश चरित्रगत हिसाबले हिरोभन्दा दयालु, इमान्दार र सहयोगी हुन्छन् । त्यसैले उनको दिमागमा एउटा चित्र थियो, ‘हेर्दा बलियोबांगो र अररो देखिने केटाहरु मनका असल हुन्छन्।’

कुरा फिल्मी पर्दामा देखिने गुन्डाको होइन, बाहिरी स्वरुपमा असल जस्तो देखिने गुन्डाको हो । हिरो जस्तो देखिने वास्तविक गुन्डा, जसको फन्दामा ती हिरोइन परेकी छन् । फिल्ममा त गुन्डाको कब्जामा परेपछि हिरो प्रकट हुन्थ्यो र उनलाई तिनको कब्जाबाट जोगाउँथ्यो । ‘तर, वास्तविक जीवनमा त्यस्तो हिरो भेटिने रहेनछ । जसले गुन्डाको कब्जामा परेकी म जस्तीको उद्धार गरोस्’, उनको गुनासो छ।

गाह्रोसारो पर्दा समस्या समाधानका लागि उसको इन्ट्री हिरोको रुपमा भइहाल्थ्यो । दुई–चार दिनको हिमचिमपछि स्वार्थ पूरा गर्न अघि सरिहाल्ने केटाहरु खूब झेलेकी थिइन्, तर ऊ त्यो लाइनमा देखिन्थेन।

ती हिरोइनबारे थप उल्लेख गर्नुअघि उनको हालको समस्या प्रस्ट भाषामा भनिदिऊँ । ती हिरोइनलाई एक जनाले बडो ‘विनम्र’ लबजमा भनिदिएको छ, ‘म जिउँदो हुन्जेल हजुरले कसैसँग विवाह गर्न पाउनुहुन्न । गर्नुभयो भने हजुर विधवा हुने पक्का छ।’

मैले उनलाई प्रश्न गरेँ, ‘यति सभ्य भाषामा धम्क्यायो उसले ?’

उसको यही मीठो बोलीका कारण त उनले उसलाई आफ्नो जीवनमा प्रवेश दिएकी रहिछन् । सम्झिन्छिन् त्यो समय। 

Ncell 2
Ncell 2
nimb
nimb

पोखरामा उनको फिल्मको सुटिङ भइरहेको थियो । सुटिङ हेर्न आउनेहरुको भीडमा थियो ऊ पनि । सुटिङ हेर्‍यो र सकिएपछि हिरो–हिरोइनसँग तस्बिर खिचाएर बाटो लाग्यो । त्यो भीडमा तस्बिर खिचाउनेमध्ये उसैलाई किन याद गरेकी थिइन् भने हेर्दै आकर्षक ज्यानको थियो । त्यसैमाथि उसको बोली र व्यवहार कुनै भलादमीभन्दा कम थिएन।

सुटिङको चौथो दिन बेलुकीपख अपरिचित नम्बरबाट फोन आयो । उसले ‘हजुरको फ्यान बोलेको, कुरा गर्ने समय छ कि छैन’ भन्दै सुरु गर्‍यो।

त्यो समय उनको करिअर उँचाइमा थियो, बजार माग बढ्दो थियो । दुई–तीन दिनको अन्तरालमा ‘फ्यान’को हवाला दिएर फोन आइरहन थाल्यो । सुटिङको थकाइले लखतरान उनले ‘व्यस्त छु’ भनिन् । उसले ‘हुन्छ हजुर गुडनाइट । पछि कुरा गरौंला’ भनेर थपक्क फोन राख्यो।

दोस्रो पटक उनलाई उसको व्यवहार ‘इम्प्रेसिभ’ लाग्यो । किनभने फ्यान भनेर फोन गर्नेहरु यस्ता आज्ञाकारी कहाँ हुन्छन् र?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फिल्मको सुटिङ सकियो । हिरोसहित सुटिङ युनिट काठमाडौं आउन दिउँसोको खानापछि बिदा भइसकेको थियो । उनी, निर्देशक, निर्माता अरु केही भोलिपल्टको प्लेन कुरिरहेका थिए । त्यही दिन ‘हिरो’को जस्तै इन्ट्री मार्न उनको जीवनमा ऊ आइपुगेको थियो । बेलुका सँगै डिनर गर्न आइपुगेको उसैले मिलाएको रहेछ पोखरामा सुटिङ लोकेसनहरु । निर्देशकले सोही रुपमा चिनाए।

थोरै बोल्थ्यो, मीठो बोल्थ्यो । उसको बोली–व्यवहारको आगोमा उनको मन मैन जस्तै पग्लिँदै गएको थियो।

सुटिङ सकिएको बेलुका त्यहाँ रहेका सबैले गच्छेअनुसार पिए । १० जनाजतिको घेरामा दुई जनाको अगाडि मदिराको गिलास थिएन । एक उनै थिइन्, अर्काे त्यही केटो । उसले कहिल्यै मदिरापान गर्ने गरेको रहेनछ । उनी तेस्रोपल्ट प्रभावित भइन् ऊबाट।

त्यो दिनको बिल तिर्‍यो र ऊ आफ्नो बाटो लाग्यो । केही दिनपछि काठमाडौं आएछ । समय भए भेट्ने इच्छा जाहेर गर्‍यो । उसको शहर पुग्दा त्यस्तो सत्कार गरेको मान्छेलाई नभेटी के पठाउनु भन्ने भयो उनलाई । त्यसैले उनी मिल्ने साथी लिएर भेट्न पुगिन् । थोरै बोल्थ्यो, मीठो बोल्थ्यो । उसको बोली–व्यवहारको आगोमा उनको मन मैन जस्तै पग्लिँदै गएको थियो।

बिस्तारै फोनमा कुरा बढ्न थाल्यो । मनका कुरा साटासाट गर्ने क्रम बढ्न थाल्यो । गाह्रोसारो पर्दा समस्या समाधानका लागि उसको इन्ट्री हिरोको रुपमा भइहाल्थ्यो । दुई–चार दिनको हिमचिमपछि स्वार्थ पूरा गर्न अघि सरिहाल्ने केटाहरु खूब झेलेकी थिइन्, तर ऊ त्यो लाइनमा देखिन्थेन । त्यो देखेर पनि एउटा गज्जबको साथी भेटियो भन्ने लागेको थियो उनलाई।

उमेरले २० पार गर्दै गर्दा उनीभित्र मायाको मुना पलाउँदै थियो । फ्यानबाट साथीको तहमा उक्लिए पनि प्रेमीको दर्जा दिएकी थिइनन् । तर, कताकता ऊसँग जीवन बिताउने सपना देख्न थालेकी थिइन्। 

भेटघाटकै क्रममा जुरेको एक बसाइमा दुईबीच अन्तरंग सम्बन्ध पनि बन्यो । त्यो दोहोरियो पनि होला । तर, बैंशालु दुई तनको मिलनभन्दा बढी केही थिएन त्यो।

मित्रता भएको ५ महिनाजति पुगेको थियो, उनलाई म्युजिक भिडियोको सुटिङका लागि केही ड्रेस किन्न जानु थियो । सोही म्युजिक भिडियोमा अभिनय गर्ने युवालाई सँगै लिएर गइन् । ती युवा उक्त म्युजिक भिडियोका लगानीकर्ता पनि भएकाले ड्रेसको रकम उनैले तिरे।

नेपालमा हिरोइनको फिल्मी करिअरको नेप्से कतिबेला उकालो लाग्छ र ह्वात्तै झर्छ, पत्तै हुँदैन । उनले यो बुझेकी थिइन् । त्यसैले चर्चामै रहेका बेला आफूलाई ‘सेफ ल्यान्डिङ’ गर्ने सोचमा थिइन्।

संयोगले त्यो सबै दृश्य पोखरावाला मित्रले देखेको रहेछ । हिरोइनसँग छुटेपछि ती युवालाई उसले पिछा गरेछ र धम्काएछ, ‘अर्काको गर्लफ्रेन्डलाई सपिङ गरिदिने?’ 

धम्कीबाट ती युवा डराए । उनी म्युजिक भिडियोको सुटिङ नै क्यान्सिल गर्ने स्थितिमा पुगे।

त्यो समयसम्म त्यो हदसम्म प्रेम गर्ने ब्वाइफ्रेन्ड ती हिरोइनको थिएन । त्यसैले लगानीकर्ता युवालाई धम्क्याउने व्यक्तिबारे उनले अनुमान गर्नै सकिनन् । अर्कैलाई लिएर म्युजिक भिडियो बनाउने भयो होला र बहाना बनायो भनेर उनी चुप लागिन्। 

नेपालमा हिरोइनको फिल्मी करिअरको नेप्से कतिबेला उकालो लाग्छ र ह्वात्तै झर्छ, पत्तै हुँदैन । उनले यो बुझेकी थिइन् । त्यसैले चर्चामै रहेका बेला आफूलाई ‘सेफ ल्यान्डिङ’ गर्ने सोचमा थिइन् । आफन्तले लायकको भनेर सिफारिस गरेका ‘उम्मेदवार’तिर नजर डुलाउन थालेकी थिइन् भने मन पराउँछु भनेर पछ्याउनेको प्रेममा रहेको घाँस–पराल छुट्याउन थालेकी थिइन् । यिनैमध्येको एउटा केटो उनलाई लायक लाग्यो । त्यसपछि सुरु गरिन् डेट । तर, त्यो केटो पनि उही पोखरेली फ्यानको धम्कीको सिकार भएछ । मायामा ज्यानै दिउँला झैं गरेर आएको ऊ ‘ज्यान जान सक्ने’ धम्की खेपेपछि टाढियो।

दुई जना युवाले धम्की बेहोरेपछि भने उनलाई आशंका जाग्यो । तर, उनका अघि उसले देखाउने भलादमीपनले सीधा शंका गर्न मुस्किल थियो । उनले उसलाई भेटेरै आफ्नो विवाहको मिति तय भइसकेको बताएपछि देखाउने ‘रियाक्ट’ हेर्ने उपाय निकालिन्।

हिरोको एकाएक गुन्डा अवतारले उनलाई समस्यामाथि समस्या बढाउँदै लग्यो । उनका इष्टमित्र र साथीभाइमाझ उनको प्रेमी गुन्डा रहेको हल्ला डढेलोभन्दा चाँडै फैलियो।

साविककै भलादमी स्टाइलमा ऊ भेट्ने ठाउँमा आइपुग्यो । उनले सीधै भनिन्– आउँदो महिना मेरो विवाह छ । भेटेरै निम्तो दिऊँ भनेर तपाईंलाई बोलाएको।’
ऊ एकछिन केही बोलेन । त्यसपछि बिस्तारै भन्यो, ‘कसले दियो हजुरलाई बिहेको अनुमति ?’

उनलाई गालामा झापड हानेर हिँड्न मन थियो । तर, सम्हालिन् र भनिन्, ‘अनुमति सोध्ने तपाईं चाहिँ को?’

उसले भन्यो, ‘हजुरको फ्यान । यस्तो फ्यान हुँ कि विवाह गर्नुभयो भने हजुर चाँडै विधवा हुने पक्का छ । कुरा यत्ति हो, म गएँ।’

ती हिरोइनको भर्खरै कलेज जान थालेको भाइलाई पनि उसले धम्क्याएछ– ‘तिम्री दिदीले दायाँबायाँ गरिन् भने तिमी बँच्दैनौ!’

हिरोको एकाएक गुन्डा अवतारले उनलाई समस्यामाथि समस्या बढाउँदै लग्यो । उनका इष्टमित्र र साथीभाइमाझ उनको प्रेमी गुन्डा रहेको हल्ला डढेलोभन्दा चाँडै फैलियो । त्यसपछि आफन्तजन बिहेको प्रस्ताव लिएर आउन डराए, साथीहरु प्रेम प्रस्ताव राख्न।

त्यो व्यक्ति अरुले भने जस्तै गुन्डा वा डन होला भन्ने उनलाई विश्वासै थिएन । एक फ्यानको चाहिनेभन्दा बढी प्रेम बुझेकी थिइन् । यतिसारो माया गर्नेसँग जीवनको रथ गुडाउँदा फरक नपर्ला भन्ने सोचमा पुगिन्।

त्यसपछि भने उक्त व्यक्तिबारे गम्भीर भएर बुझ्नुपर्ने स्थिति बन्यो । बुझेपछि पो छाँगाबाट खसिन् । ऊ त गुन्डा होइन, गुन्डाका नाइकेमध्ये पर्दाे रहेछ । प्रहरीले खोज्ने नाम एउटा, उसको सर्कलमा चिनिने अर्काे र उनलाई भनेको नाम झन् अर्काे।

त्यसपछि उनलाई संकट आइलागेको छ– उसैसँग जीवन बिताउने निर्णय गरुँ त आफ्नो जीवन बर्बाद । अरु कसैसँग गरुँ त अरुको जीवन बर्बाद!

एक घुम्ति एक पात्र भाग–१ पढ्नुहाेस्

एक नेपाली हिरोइनको #metoo : हाम्रो चरित्रमाथि किन चोरऔंला?

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०७४  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्