भद्रपुर- अगामी मसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधिसभा र प्रदेशसभाका लागि झापामा १४१ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन्।
प्रतिनिधिसभातर्फ ५७ जना र प्रदेशसभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन्। प्रतिनिधिसभातर्फ दुई जना तथा प्रदेशसभातर्फ चार जना महिला उम्मेदवार रहेका छन्। प्रतिनिधिसभातर्फ सात तथा प्रदेश सभातर्फ छ जना स्वतन्त्र उम्मेदवार प्रचार प्रसारमा जुटेका छन्।
प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा नेकपा (एमाले) की पवित्रा निरौला (खरेल) र क्षेत्र नं ३ मा नेपाल जनता पार्टीका सुजाता ओली उम्मेदवार रहेका छन्। प्रदेशसभातर्फ क्षेत्र नं १ ‘ख’ मा राष्ट्रिय जनता पार्टीका रमा मेचे, क्षेत्र नं २ ‘क’ मा राष्ट्रिय जनता पार्टीका निर्मला एक्तेन, क्षेत्र नं ३ ‘ख’ मा मंगोल नेशनल अर्गनाइजेशनका सत्यकला नेम्वाङ तथा क्षेत्र नं ५ ‘क’ मा स्वतन्त्र उम्मेदवार जम्मावती तिमल्सिना उम्मेदवार रहेका छन्।
यस्तै, स्वतन्त्र उम्मेदवार प्रनिनिधिसभातर्फ क्षेत्र नं ३ मा वीरेन्द्र सापकोटा, क्षेत्र नं ४ मा एज्ञबहादुर खड्का, डिल्लीप्रसाद कट्टेल र पर्शुराम काफ्ले तथा क्षेत्र नं ५ मा इन्द्रप्रसाद न्यौपाने, प्रेमबहादुर खड्का र इन्द्रराज अधिकारी रहेका छन्।
प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवार क्षेत्र नं ४ ‘ख’ मा दिनानाथ सापकोटा र धनकुमार बुढाथोकी, क्षेत्र नं ५ ‘क’ मा हरिप्रसाद अधिकारी, जम्मावती तिमल्सिना र खड्गप्रसाद शिवाकोटी तथा ‘ख’ मा डम्बरबहादुर गुरुङ रहेका प्रमुख निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए।
प्रनिनिधिसभातर्फ क्षेत्र नं १ मा सात जना, २ मा ११ जना, ३ मा १२ जना, ४ मा १३ जना तथा क्षेत्र नं ५ मा १४ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रदेशसभातर्फ क्षेत्र नं १ को क र ख मा आठ/आठ जना, क्षेत्र नं ३ को क र ख मा सात/सात जना, क्षेत्र नं ४ को ‘क’ मा छ जना र ‘ख’ मा ११ जना तथा क्षेत्र नं ५ को ‘क’ मा १२ तथा ‘ख’ मा नौजना उम्मेदवार रहेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।