रत्ननगर, चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध राष्ट्र बनाउनुबाहेक वाम गठबन्धनको अरु कुनै लक्ष्य नरहेको स्पष्ट पारेका छन्।
वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी जिल्ला शाखाले आज अयोजना गरेको कार्यकरेता प्रशिक्षणमा बोल्दै उनले नयाँ केन्द्र निर्माण गरेर समृद्ध राष्ट्र बनाउन चाहेकाले, वाम गठबन्धनको त्यो भन्दा ठूलो लक्ष्य नभएको बताए।
'अहिलेको अभियान भनेकै राष्ट्रिय एकता र मलुकलाई समृद्ध बनाउनु रहेकाले वस्तुस्थिति र राष्ट्रको आवश्यकता बमोजिम नै वाम एकता भएको हो,' उनले भने, 'गठबन्धनपछि अहिले देशमा उत्साह र उमंगको लहर छाएको छ।'
चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका अध्यक्ष दाहालले देश र राष्ट्रको चिन्ता भएका, अरु पार्टी कांग्रेस, राप्रपा लगायतका कार्यकर्ताले समेत यो गठबन्धनलाई सकारात्मक रूपमा हेरेको बताए।
नौलो क्रान्तिका लागि दुई पार्टी एक हुने प्रयास गरिएको भन्दै उनले दुई तिहाई बहुमत ल्याएर ८–१० वर्षको अन्तरालमा नेपाली मोडलको समाजवाद ल्याउने जिकिर गरे।
दुवै पार्टी कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष दाहालले यो लक्ष्य पूरा गर्न गुठ र समूह नभनी लाग्न आग्रहसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।