काठमाडौं- सरकारले बढीपिडितलाई विशेष राहत प्याकेज दिने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष तराईमा आएको बाढीले प्रभावित भएका क्षेत्रका नागरिकका लागि विशेष प्याकेज दिने निर्णय गरेको हो।
राहत प्याकेजमा केके छन् भन्ने विषयमा आज दिउँसो अर्थ मन्त्रालयमा हुने पत्रकार सम्मेलनबाट सार्वजनिक गरिनेछ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा विनोद केसीलाई नियुक्ति गरेको छ।
बैठकले एसियाली विकास बैंकमार्फत ग्रामीण सडक सञ्जाल निर्माणका लागि दिने भनिएको एक सय मिलियन अमेरिकी डलर राहत स्वीकार गर्ने नगर्ने विषयमा टुंगो लगाउन वार्ता समिति गठन गर्ने निर्णय पनि गरेको छ। यो सञ्जालबाट १६ जिल्लाका बासिन्दा लाभान्वित हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।