हेटौँडा- उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले राष्ट्रको स्वाधीनताका साथै प्रेस स्वतन्त्रता र प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएका छन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ मा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गरे। लोकतान्त्रिक गठबन्धन कुनै दल वा समूहको विरुद्धमा नभएको पनि मन्त्री थापाले स्पष्ट पारे।
देशमा बढ्दै गएको गरिबी र बेरोजगारीलाई संयुक्तरुपमा उन्मूलन गर्नु आजको आवश्यकता भएको उनको भनाइ थियो।
थापा ३ नम्बर प्रदेशअन्तर्गत मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।