पोखरा- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा १२ महिलाले प्रतिस्पर्धा गर्ने भएका छन्।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका कूल १०१ उम्मेदवारमध्ये प्रतिनिधिसभाका लागि ४ र प्रदेशसभामा ८ जना महिलाले टिकट पाएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट उमा दर्लामी, राष्ट्रिय जनमोर्चाबाट दालकुमारी खत्री, संघीय समाजवादी फोरम नेपालबाट रत्न भट्टचन र नेपाल दलित पार्टीबाट लक्ष्मी विश्वकर्माले उम्मेदवारी दिएका छन्।
प्रदेशसभा क्षेत्र नं १ (क) मा मंगोल नेशनल अर्गनाइजेशनबाट जानु गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट सीता श्रीस मगर, (ख) मा संघीय समाजवादी फोरम नेपालबाट काशीमाया गुरुङले मनोनयन दर्ता गराए।
यसरी नै प्रदेश नं २ (क) मा राप्रपाबाट विष्णु खड्का, (ख) मा नेपाल दलित पार्टीका मिठु परियार, प्रदेश नं ३ (क) मा नेपाली कांग्रेसबाट शारदा पौडेल, (ख) मा नेपाल दलित पार्टीबाट कमला विक र राप्रपाबाट धनुमाया कोइराला आचार्यको उम्मेदवारी परेको छ। वाम गठबन्धनबाट भने महिलालाई टिकट दिइएको छैन।
जिल्लाका प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा गरी ४ स्वतन्त्रसहित १०१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।