सल्लेरी, सोलुखुम्बु- सोलुखुम्बुबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार प्रकाशसिंह कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन्।
नेपाली कांग्रेसबाट प्रदेशसभा (क) का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने बताए। 'म सफल व्यवसायी हुँ। सांसद बनेर आफ्नो लागि केही कमाऊँ भन्ने सोच ममा छैन,' सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'मेरो जीवनयापनका लागि यसै सहज छ तर बाँकी समय राजनीतिबाट जनताको सेवामा समर्पण गर्नेछु।'
उनले सांसदबापत प्राप्त सम्पूर्ण राज्यको सेवा सुविधा विपन्न परिवारका लागि खर्च गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।