काठमाडौं- आइतबार साँझ तराईका जिल्लामा आएको हावाहुरीका कारण करिब २ हजार विद्युत पोल र दर्जनौं ट्रान्सफर्मरमा क्षति पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै विद्युत क्षेत्रमा मात्र १० देखि १५ करोड रुपैयाँको हाराहारीमा क्षति भएको प्रारम्भिक आंकलन गरेको छ।
हावाहुरीकै कारण नेपालले भारतबाट आयात गर्दै आएको विद्युत प्रणालीमा पनि अवरोध सिर्जना भएको छ।
भारतबाट विद्युत आयात हुने १३२ केभी रक्सौल–परवानीपुर प्रशारणलाईन तथा ३३ केभी रक्सौल–बीरगंज प्रशारणलाई क्षतिग्रस्त भई उक्त लाईनहरुबाट विद्युत आयात बन्द भएको छ।
कलैया विरण केन्द्र अन्तर्गतको विद्युत प्रणालीमा मात्र १ हजार देखी १५ सय संख्याको हाराहारीमा विद्युत पोल लडेका छन्।
परवानीपुर–वीरगंज ६६ केभी सबल सर्किटलाईनमा क्षति पुगी विद्युत आपूर्ति बन्द भएको छ भने वीरगंज कलैयाँ ३३ केभी प्रशारणलाईनमा क्षति पुगेको प्राधिकरणलले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।