सप्तरी - बडादशैंको महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने भएको छ ।
छिन्नमस्ता गाउँपालिका–३ सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी नगरपालिका–१ स्थित भारदहमा रहेकोे कंकालिनी भगवती मन्दिरमा पुष्पवृष्टि हुने भएको हो ।
छिन्नमस्ता भगवती मन्दिरका पिठाधीश महाकान्त ठाकुरले कात्तिक ३ गते महानवमीको दिन बिहान दर्शनार्थीहरुमाथि नेपाली सेनाको हेलिकप्टरबाट पुष्प वृष्टि हुने जानकारी दिए ।
यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझीले कात्तिक ३ गते मंगलबार बिहान १० बजेदेखि महासंकल्प पूजा आयोजना हुने र सोही पूजाका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि हुने जानकारी दिए ।
हनुमाननगर कंकालिनी नगरपालिकाले २०८३ असोज २३ गते प्रधानसेनापतिलाई पुष्पवृष्टि गर्न हेलिकप्टर उपलब्ध गराइदिनुहुन पत्र पठाएको थियो ।
पुष्पवृष्टिका लागि आवश्यक फूलको व्यवस्थापन नगरपालिकाले नै गर्ने नगर प्रमुख माझीले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।