काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुँजी बजारलाई थप व्यवस्थित गर्न भन्दै सर्किट ब्रेक सम्बन्धी नयाँ व्यवस्था ल्याएको छ।
नेप्सले नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा हाल प्रचलनमा रहेको सर्किट ब्रेकरको अवस्थामा परिवर्तन गर्दै नयाँ व्यवस्था ल्याएको हो। चैत १९ गते मंगलबारदेखि कार्यान्वयनमा ल्याउन लागिएको सर्किट ब्रेकर सम्बन्धी व्यवस्थामा कारोबार सुरु भएको पहिलो घन्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गरिनेछ।
त्यसैगरी, दोस्रो घन्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घन्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।