भक्तपुर – नेपाली काँग्रेसका महासमिति सदस्य प्रवीण वनले पार्टी परित्याग गरेका छन्।
वनले आज जिल्ला सभापति दुर्लभ थापामार्फत पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा ९क० मा उम्मेदवारीको दौडमा रहनुभएका वनले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै पार्टी परित्याग गरेका हुन्। उनले राजीनामापत्रमा ‘आफूले जुन काँग्रेसको परिकल्पना लिएर हिँडेको हो आज त्यस्तो नरहेको र अन्याय गर्न उद्दत रहेकाले काँग्रेसमा आफूलाई निरन्तर समाहित गर्न न्यायोचित नदेखिएकाले’ पार्टी परित्याग गरेको उल्लेख गरे। राजीनामापत्रमा वनले लोकतन्त्र र प्रजातन्त्रलाई संकट परेमा त्यसको रक्षार्थ आफूलाई पहिलो पंक्तिमा उभ्याउने प्रतिबद्धता व्यक्त गर्दै अब स्वतन्त्र जीवन जिउने प्रणसमेत गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।