काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभाका लागि तय गरेको समानुपातिक सूचीमा अन्य पार्टीबाट प्रवेश गरेका अधिकांश नवप्रवेशीहरुले स्थान पाएका छन्।
एमालेको समानुपातिक उम्मेदवारको सूचीमा नेपाल परिवार दल, माले, चुरे भावर, मधेस समता पार्टी र थरुहट तराई पार्टीबाट आएका नेताहरु समेटिएका छन्।
आगामी मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि एमालेले टुंगो लगाएको सूचीमा मालेबाट आएका अइन्द्रसुन्दर नेम्वाङदेखि चुरे भावरका बद्रीप्रसाद न्यौपानेसम्म अटाएका छन् । यस्तै, थरुहट तराई पार्टीबाट आएकी गंगा चौधरी सत्गौवा, राप्रपाबाट गएका गंगाप्रसाद यादव, मधेस समता पार्टीका मेघराज निषाद र व्यापारी मोतीलाल दुगडलाई पनि समानुपातिक उम्मेदवार बनाइएको छ।
सूचीमा युवा विद्यार्थी नेताहरु रामकुमारी झाँक्री, नविना लामा, निरुदेवी पाल र सामुदायिक रेडियो प्रसारक संघका पूर्व अध्यक्ष मीनबहादुर शाही पनि समेटिएका छन् ।
दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएकोमा संशोधनका लागि कात्तिक १३ गतेसम्मको समय दिइएको थियो।
यो पनि-
यी हुन् एमालेका समानुपातिक उम्मेदवार (सबैको नामसहित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।