कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर नगर नगरपालिका– १० विद्यानगरमा अपरिचित व्यक्तिको गोली प्रहारबाट घाइते स्थानीय ४५ वर्षीय पारस पुरीकाे उपचारका क्रममा मृत्यु भएकाे छ।
छातीमा गोली लागेर गम्भीर घाइते पुरीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ।
पुरीलाई घर नजिकै अपरिचित व्यक्तिले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ। सीमा क्षेत्रका सबै नाकाहरुमा सुरक्षा चेकजाँच कडा बनाइ घटनामा संलग्न रहेकाको तीव्र खोजी भइरहेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए।
घाइते पुरी वैदेशिक रोजगारीमा युवाहरूलाई पठाउने पेसामा आबद्ध रहेको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।