कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर नगर नगरपालिका– १० विद्यानगरमा अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरी गम्भीर घाइते भएका छन्।
छातीमा गोली लागेका गम्भीर घाइते पुरीको उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ। पुरीलाई घर नजिकै अपरिचित व्यक्तिले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ।
प्रहरीले सीमा क्षेत्रका सवै नाकाहरुमा सुरक्षा चेकजांच कडा बनाइ घटनामा संलग्न रहेकाहरुको तीव्र रुपमा खोजी भई रहेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए।
घाइते पुरी वैदेशिक रोजगारीमा युवाहरुलाई पठाउने पेशामा आबद्ध रहेको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।