काठमाडौं– दक्षिण कोरिया रोजगारीका लागि भाषा परीक्षा आवेदन आइतबार मध्यरात १२ बजेसम्म ९२ हजार ३ सय ७६ जनाले दिएका छन्।
विगत वर्षहरूमा भन्दा यो वर्ष निकै ठूलो संख्यामा आवेदन परेको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ।
शाखाका अनुसार ६३ हजार ४ सय ८७ जनाले उत्पादनशील कामका लागि आवेदन दिएका छन् भने २८ हजार ८ सय ८९ जनाले कृषि कामका लागि आवेदन दिएका छन्।
कृषिमा भन्दा उत्पादनशील काममा जाँदा ओभरटाइम, तलब लगायत सेवासुविधाहरू बढी हुने हुँदा युवाहरू बढी उत्पादनशील कामका लागि आकर्षित देखिने गरेको शाखाले जानकारी दिएको छ।
भाषा परीक्षाका लागि गत बिहीबारदेखि आवेदन खुला गरिएको थियो। आइतबार मध्यारात १२ बजेसम्म आवेदनका लागि खुला गरिएको थियो।
कोरियन भाषा परीक्षा भने आगामी जेठ २५ र २६ गते हुने शाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।