काठमाडौं- नेपाल राष्ट्र बैंकले धितोपत्र दलाल व्यवसायीलाई मार्जिन ट्रेडिङको अनुमति दिएसँगै लगानीकर्ता, दलाल व्यवसायी र पूँजीबजारमा सुचीकृत कम्पनी सबै खुसी नै थिए। तर, त्यो खुसी धेरै दिन टिकेन। जब नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबार सम्बन्धी धितोपत्र जारी गर्न पाउने कम्पनीको सूचीमा ३१ वटा कम्पनी मात्रै छनौटमा परे।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले मार्जिन कारोबारसम्बन्धी कार्यविधि-२०७५, अनुसार भएको व्यवस्थालाई आधार मान्दै कम्पनी मार्जिन टेडिङ कारोबारका लागि योग्य-अयोग्य रहेको जनाएको छ।
नेप्सेले सोमबार जारी गरेको कम्पनीको सूचीमा सेयरधनी, चुक्ता पूँजी, लाभांशलगायत विभिन्न क्षेत्रलाई आधार मानेर ३१ वटा कम्पनीका लगानीकर्ताका लागि मार्जिन ट्रेडिङ सुविधा पाइने जनाएको छ।
यस्तो सूचीमा ११ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक, ९ वटा लघुवित्त, ३ वटा जलविद्युत कम्पनी, एउटा होटल र एउटा अन्य क्षेत्रबाट परेका छन्।
नेप्सेबाट छनौट भएका सेयर लगानीकर्ताले सेयर बजारमा लगानीका लागि धितोपत्र दलाल व्यवसायीबाट ऋण लगायतका अन्य सुविधासमेत पाउनेछन्।
धितोपत्र नै धितोमा राखेर पनि ऋण पाउन सक्ने भएकाले त्यस्तो व्यवस्थाले बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ।
यी हन् ३१ कम्पनी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।