काठमाडौैं– बुधबार कमलादीमा पक्राउ परेका दुई भारतीय सुटरलाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट थुनामा राख्ने म्याद लिएको छ । कमलादीको ज्यान डेनियल्स डान्स बारमा गोली चलाएर हत्या प्रयास गरेकाले उनीहरुविरुद्ध प्रहरीले ज्यान मुद्दामा कारबाही अघि बढाएको हो ।
भारतीय नागरिकद्वय जसवन्त सिंह र हरविन्द्र सिंहलाई प्रहरीले गोली चलाएपछि भाग्दै गर्दा पेस्तोल र गोलीसहित पक्राउ गरेको थियो । उनीहरुलाई थुनामा राख्न अदालतले सात दिनको म्याद दिएको महानगरीइ प्रहरी परिसर काठमाडौं परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले बताए । पछि उनीहरुलाई हातहतियार मुद्दामा पनि कारबाही गरिने प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये एक पञ्जाबको बिद्युत् प्राधिकरणको कर्मचारी र अर्का फार्म हाउस संचालक भएको खुलेको छ । कसैको हत्याको उदेश्यले उनीहरु काठमाडौं आएको अनुमान गरिएपनि उनीहरुले त्यसलाई अस्वीकार गरेका छन् । घुम्नका लागि आफुहरु नेपाल आएको उनीहरुले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।