इलाम – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाले– माओवादी केन्द्रबीचको गठबन्धन ऐतिहासिक भएको र यसप्रति शंका नगर्न आग्रह गरेका छन्।
निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गरिसकेपछि आयोजित सभालाई सम्बोधन गर्दै नेता खनालले कम्युनिष्टहरु २००६ सालदेखि लोकतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता लागि लडिरहेका छन् भन्दै ठूलो वामपन्थी दल एमालेलाई अहिले अधिनायकवाद लाद्ने पार्टीको आरोप लगाउन आवश्यकता नरहेको बताए।
अर्का नेता सुवास नेम्बाङले लामो समयको प्रयासले नेपालमा संविधान निर्माण भएको र संविधानको सफल कार्यान्वयन गर्न वाम गठबन्धन निर्माण भएको बताए।
उनले देशलाई समृद्ध बनाउन एमाले र माओवादी केन्द्र गठबन्धन भएको बताए। पूर्वसभामुख नेम्बाङले आफ्नै नेतृत्वमा संविधान जारी भएको र त्यसको सफल कार्यान्वयन गराउन आफू निर्वाचनमा होमिएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।