विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तामा बसेर प्रतिपक्षलाई सिध्याउँछु भन्नु लोकतन्त्रमा असाधारण कुरा भएको बताएका छन्। विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सत्तामा रहेर नेपाली कांग्रेसको फासिवादी स्वभाव प्रकट भएको भन्दै आपत्ति जनाए।
उनले कांग्रेस नीतिविहिन भएको आरोप लगाए। कम्युनिस्ट मिले मुलुकमा अधिनायकवाद ल्याउँछन् भन्नु हाँस्यास्पद रहेको तर्क गर्दै ओलीले विचार मिल्नेसँग चुनावमा एकता गरिएको प्रस्ट पारे।
गठबन्धन मन्त्री र राष्ट्रपति बन्नका लागि नभई मुलुकको समग्र आर्थिक विकास र राजनीतिको सही मार्गदर्शनका लागि भएको उनको भनाइ थियो। 'कम्युनिस्ट एक हुँदा कसैलाई हानी हुँदैन। कांग्रेसलाई नआत्तिन र प्रधानमन्त्रीलाई नहड्बडाउन आग्रह गर्छु,' ओलीले भने, ‘वाम गठबन्धन कसैप्रति लक्षित होइन। कांग्रेस र प्रधानमन्त्री आत्तिनु पर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।