• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुदूरपश्चिम: कानुन मन्त्रालयबाटै राज्यकाेष दाेहन, अनुगमन तथा मूल्यांकनकै छैन अभिलेख

मन्त्रीले गर्छन् डिजेलकाे दोहोरो प्रयोग, मन्त्रालय भन्छ - हतारमा गर्दा त्रुटि
64x64
नेपाल लाइभ बुधबार, चैत १३, २०७५  ११:३२
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ऐन तथा नियमविपरीत कार्य गरेको भेटिएको छ।

लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनले मन्त्रालयले आर्थिक ऐन २०६३ तथा नियमावली २०७४ को पालना नगरेको, बिना बिल लाखौं रकम भुक्तानी गरेकाे, मन्त्री प्रकाशबहादुर शाहले नियमभन्दा दोब्बर बढी डिजेल प्रयोग गरेको, सेवा प्रवाह प्रभावकारी नभएको, अनुगमन तथा कार्यक्रमको प्रतिवेदनको अभिलेख नराखेको लगायतका कुरा उल्लेख गरेको छ।

मन्त्रालयलाई लेखा परीक्षण प्रतिवेदनले वित्तीय जवाफदेहितामा ६३ प्रतिशत अर्थात ‘बी ग्रेड’ दिएकाे छ। मन्त्रालयले नियमविपरीत हानीनोक्सानी हुने गरी खर्च गरेको तथा नियमावलीको पालना नगरेको प्रतिवेदनले जनाएको छ।

मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ मा चालूतर्फ २ करोड ५५ लाख २८ हजार रुपैयाँमध्ये ९ लाख ९८ हजार ९ सय ८९ रुपैयाँ (३५ प्रतिशत) र पुँजीगततर्फ १ करोडमध्ये ४० लाख २२ हजार २ सय ६ रुपैयाँ (४० दशमलब २० प्रतिशत) खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयले पुँजीगत खर्चमध्ये फर्निचर तथा फिक्सचर्स खरिदमा ८ लाख ९४ हजार २ सय २५ रुपैयाँ, सवारीसाधन खरिदमा ८ लाख ८४ हजार ७८ र मेसिनरी औजार खरिदमा २२ लाख ४३ हजार ९ सय ३ रुपैयाँ ५० पैसा खर्च गरेको छ।

प्रतिवेदनले भनेको छ, ‘सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ अनुसार सम्पूर्ण खरिद कार्य पर्याप्त प्रतिष्पर्धा हुने गरी गर्नुपर्दछ।’

प्रतिवेदनअनुसार पुँजीगत खर्चमध्ये निर्मित भवनहरुको संरचना सुधारअन्तर्गत परिमाण नतोकी ३० लाख रुपैयाँ, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवम् अन्य वाैद्धिक सम्पत्ति प्राप्तिमा ५ लाख र पुँजीगत अनुसन्धान तथा परामर्शमा १० लाख रुपैयाँ बजेट व्यवस्था गरेकोमा सो कार्यमा खर्च नभएको उल्लेख छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ८ लाख ८४ हजार ७८ रुपैयाँमा ५ थान मोटरसाइकल 'क्याटलग सपिङ विधि'बाट आर्थिक प्रस्ताव माग गरी खरिद गरेको देखिन आएकाे छ। कम्प्युटर, ल्याप्टप, प्रिन्टर, एसी, फोटोकपी मेसिन, पंखा, भ्याकुम क्लिनर लगायतका विभिन्न किसिमका मेसिनरी सामान २२ लाख ४३ हजार ९ सय ३ रुपैयाँमा सिलबन्दी र सोझै तथा विभिन्न किसिमको फर्निचर र फिक्सचर्समा ८ लाख ९४ हजार २ सय २५ रुपैयाँमा सोझै खरिद गरिएको जनाइएकाे छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘मन्त्रालयले तोकिएको ढाँचामा परिमाण, भार र सूचक खुल्ने गरी कार्यक्रम तथा प्रगति विवरण तयार गरी सोको आधारमा लक्ष्य तथा प्रगतिको मूल्यांकन गर्नुपर्दछ’, प्रतिवेदनमा भनिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतकुमार बुढाथोकीले फागुनमा कार्यालय स्थापना भएको र हतारमा सबै सामाग्रीको व्यवस्था गर्नुपरेको प्रतिक्रिया दिए।

सार्वजनिक खरिद ऐन तथा नियमावलीको पालना गर्दा प्रक्रिया लामो हुने तर, कार्यालय व्यवस्थापन छिटोछरितो गर्नुपरेकाले यस्तो भएको हुनसक्ने बताए। उनले अब यो त्रुटि नभेटिने बताए।

बिना बिल उपभोग खर्चमा भुक्तानी
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपभोग खर्चअन्तर्गत बिना बिल ३ लाख बढी रुपैयाँ खर्च गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनअनुसार कार्यालयले विद्युत, खानेपानी, टेलिफोन लगायतमा ३ लाख ४० हजार रुपैयाँ खर्च गरिएको देखाइएको छ। कानुन मन्त्रालयले सबैभन्दा बढी नेपाल टेलिकमलाई ६ थान ल्यान्डलाइन टेलिफोनको महशुलवापत २ लाख ९० हजार रुपैयाँ भुक्तानी गरेको देखिन्छ।

त्यस्तै, नेपाल विद्युत प्राधिकरणलाई ४५ हजार र खानेपानी संस्थानलाई ५ हजार रुपैयाँ भुक्तान गरेको छ। प्रतिवेदनमा मन्त्रालयले अग्रिम भुक्तानी पठाएको उल्लेख छ।

लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, ‘उपभोग खर्चअन्तर्गत पर्ने पानी तथा बिजुली र सञ्चार महशुल उपयोगको सम्बन्धित निकायबाट मासिक बिल प्राप्त भएपछि मात्र नियमित रुपमा महशुल भुक्तानी गर्नुपर्दछ।’

प्रतिवेदनले मन्त्रालयलाई सम्बन्धित संस्थाबाट 'मिटर रिडिङ' भई प्राप्त भएको मासिक बिलको आधारमा भुक्तानी गर्नतर्फ ध्यान दिन आग्रह गरेको छ।

मन्त्रीबाटै डिजेलकाे दोहोरो प्रयोग
आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले डिजेलमा दोहोरो सुविधा लिएका प्रतिवेदनमा उल्लेख छ।

लेखा परीक्षण्को प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, ‘मन्त्रीले इन्धनवापत दोहोरो सुविधा प्रयोग गरेको देखिन्छ।’

मन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट मासिक १ सय २५ लिटर डिजेलकाे मूल्य बराबरको रकम सवारी इन्धनवापत भुक्तानी हुने गरेको छ। तर, मन्त्रालयबाट समेत मन्त्रीले सवारी साधनमा चैत १५ देखि असार १९ सम्ममा (करिब ३ महिना)मा ४ पटक गरी ८ सय ८१ लिटर डिजेल उपलब्ध गराएको 'लग बुक'मा पेस भएको छ।

मन्त्रालयले मन्त्रीले प्रयोग गरेको डिजेलमा ६८ हजार ५ सय ९६ रुपैयाँ ३२ पैसा खर्च भएको उल्लेख गरेको छ।

‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट मासिक १ सय २५ लिटर इन्धनको मूल्य बराबरको रकम भुक्तानी दिने गरेकोमा मन्त्रीको सुविधामा मन्त्रालयबाट समेत भुक्तानी भएको देखियो’, प्रतिवेदनमा भनिएको छ।

मन्त्रालयका प्रवक्ता निलमकुमार न्यौपानेले मन्त्रिपरिषद्‌बाट मन्त्रीले १ सय २५ लिटर डिजेलमात्र पाउने भएकाले त्यो अपुग भएपछि मन्त्रालयबाट प्रयोग गरिएको बताए।

प्रवक्ता न्यौपानेले भने, ‘मन्त्रीज्यूले प्रदेशका ९ वटै जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागी हुनुपर्छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट पाउने डिजेलले पुग्दैन।’

तलबमा २१ लाख बढी खर्च
मन्त्रालयले कर्मचारीहरुलाई २१ लाख रुपैयाँ बढी रकम उपलब्ध गराएको देखिन आएकाे छ।

लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, ‘साविकका कार्यालयबाट तलबी प्रतिवेदन गरेको आधारमा तलब शिर्षकमा खर्च लेखिएको छ।’

निजामती सेवा ऐन, २०४९ को दफा ७ (ख) २ अनुसार पारित तलबी प्रतिवेदनअनुसार कर्मचारीहरुको तलब खर्च लेख्नुपर्दछ। मन्त्रालयले साविक कार्यालयबाट तलबी प्रतिवेदन पारित गरेपनि तलब शिर्षकमा २१ लाख ४४ हजार ६ सय ९६ रुपैयाँ २० पैसा खर्च लेखेको प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयका प्रवक्ता न्यौपानेले मन्त्रालय स्थापना हुँदा प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना नभएको बताए। उनले तलबी प्रतिवेदनमा मन्त्रालयको खर्च लेखेको प्रतिक्रिया दिए।

सेवा प्रवाह प्रभावकारी भएन
सुदूरपश्चिमकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनले सुझाव दिएको छ। मन्त्रालयले संस्थागत, प्राविधिक र श्रोत परिचालन क्षमतामा वृद्धि गरी सेवा प्रवाहलाई सुधार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयले मन्त्रालयस्तरमा सार्वजनिक सेवा वितरणको न्यूनतम मापदण्ड निर्धारणलगायत सेवा प्रवाहलाई नियमित र व्यवस्थित गर्ने नीति, मापदण्ड एवम् कार्यविधि निर्माणको कार्य बाकिँ रहेको एवम् सेवाग्राही सन्तुष्टि तथा सेवा प्रवाहको अनुगमन लगायतको कार्य हुन बाँकि रहेको लगायतका कारणबाट मन्त्रालयबाट अपेक्षित रुपमा सेवा प्रवाह हुन सकेको प्रतिवेदनमा भनिएको छ।

तर, मन्त्रालयका प्रवक्ता न्यौपाने यस कुरा मान्न तयार छैनन्। उनले मन्त्रालयको सेवा प्रभावकारी भएको दाबी गरे। उनले स्थापना भएदेखि मन्त्रालयले प्रदेशबासीको शान्ति सुरक्षा, कानुन निर्माण लगायतमा ध्यान दिएको उनकाे भनाइ छ।

अनुगमन तथा मूल्यांकन प्रतिवेदनको अभिलेख छैन
मन्त्रालयले आफूमातहत सञ्चालन भएका कार्यक्रमको अनुगमन तथा मूल्यांकन प्रतिवेदनको अभिलेखसमेत राख्ने नगरेकाे खुल्न आएकाे छ।

‘कुनै पनि कार्यालयले सञ्चालित कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन प्रतिवेदन तयार गर्नुपर्दछ’, लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, ‘मन्त्रालयले आफू र मातहत निकायहरुबाट सञ्चालित कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गरी प्रतिवेदन तयार गरी अभिलेख राख्नुपर्नेमा यस्तो राखेको देखिएन।’

प्रवक्ता न्यौपानेले मन्त्रालयबाट सञ्चालित कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन प्रतिवेदन राखिने गरेको प्रतिक्रिया दिए।

समन्वयात्मक कार्यमा मन्त्रालय
मन्त्रालयले केवुल, प्रेस, छापा, साइबर, टेलिसेन्टर, ब्रोडव्याण्ड, हातहतियार, खरखजाना र सञ्चार माध्यमको इजाजत नवीकरण अभिलेखको व्यवस्था नगरेको उल्लेख छ।

यस्तै, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालसम्म उपाधि, सम्मान र विभुषणका लागि सिफारिस नगरेको प्रतिवेदनमा जनाइएको छ।

मन्त्रालयले पारिवारिक मामिला सम्बन्धमा नीति, कानुन र मापदण्ड नबनाएको, सरकारी प्रयोजनका लागि जग्गा अधिकरण तथा सम्पत्ति प्राप्तिसम्बन्धी प्रादेशिक कानुन तर्जुमा, जग्गा विवाद समाधान र जग्गा नीति तयार नभएको, सरकारी, गैरसरकारी संघसंस्थाको अभिलेख राख्नका लागि जिल्लाहरुबाट विवरणहरु संकलन गर्ने कार्य भइरहेको जनाइएको छ।

मन्त्रालयले प्रदेशभित्रको अपराध, अनुसन्धान, सूचना संकलन, रोकथाम, नियन्त्रण र समन्वयमा समन्वयात्मक कार्य गरिरहेको, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, विपद् कोष, एकद्धार प्रणाली, नक्सांकन वस्ती स्थानान्तरणसम्बन्धी नीति कार्यान्वयन, योजना तर्जुमा तथा कानुन निर्माणका लागि प्रदेश विपद् व्यवस्थापनसम्बन्धी ऐन मस्यौदाको क्रममा रहेको जनाइएको छ।

मन्त्रालयले शान्ति, सुरक्षासम्बन्धी प्रदेश सांगठनिक स्वरुप तयार नभएको तर, सुरक्षा समन्वय समितिका बैठकहरु नियमित रुपमा बस्ने गरेको, प्रदेश न्यायिक तथा अर्धन्यायिक निकायहरुले गरेका फैसला कार्यान्वयन भए/नभएको अनुगमन गर्न चालू आर्थिक वर्षमा आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ।

प्रदेश प्रहरी र सुरक्षासम्बन्धी कानुन निर्माणका लागि प्रदेश प्रहरी ऐन तर्जुमा सम्बन्धमा प्रदेश मन्त्रिपरिषद्‌बाट सैद्धान्तिक स्वीकृति प्राप्त भई सोसम्बन्धी विधेयक तर्जुमाको क्रममा रहेको जनाइएको छ।

र याे पनि:

सुदूरपश्चिम प्रदेशसभा र २ मन्त्रालयद्वारा बिनाप्रतिस्पर्धा लाखाैंकाे सामान खरिद

सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा अनियमितता नै अनियमितता

प्रकाशित मिति: बुधबार, चैत १३, २०७५  ११:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने
ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक सोमबार, कात्तिक २, २०८३
पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द सोमबार, कात्तिक २, २०८३
कार्टुन सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्