• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

६ महिनाकै उमेरमा थालासेमिया भएका युवाको आत्मविश्वास

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १४, २०७४  १५:३०
1140x725

काठमाडौंको कालिकास्थानमा मंगलबार रगत सम्बन्धी एउटा रोगको किताब ‘थालासेमिया बारे’ विमोचन हुँदै थियो, कार्यक्रममा एक ऊर्जावान् युवा आकर्षणको केन्द्र बनिरहेका थिए । कार्यक्रमको फोटो खिचिरहेका उनी हरेक काममा अघि सर्थे । त्योभन्दा बढी उनको ओजपूर्ण बोली र कामप्रतिको आत्मविश्वासले धेरैको ध्यान तानिरहेको थियो।

जब उनले आफूलाई थालासेमियाको बिरामीका रुपमा चिनाए, धेरैलाई पत्याउनै मुश्किल पर्‍यो । बिरामी भन्ने बित्तिकै आफूलाई निरीह पात्रका रुपमा प्रस्तुत गर्ने मानवीय स्वभावलाई जितिसकेका ती २१ वर्षे युवा हुन् अभिनव पौडेल।

पढाइमा आइटी इञ्जिनियरिङ गर्ने तयारी गरिरहेका उनी कलिलै उमेरमा आत्मनिर्भर भइसकेका छन् । उनी भन्छन्, ‘१६ वर्षको उमेरदेखि म आफ्नो भार आफैं थाम्दै आएको छु।’

उनले थालासेमिया र यसको उपचार पद्धतिबारे अमेरिकामा साढे ४ महिना बुझे छन् भने भियतनाममा भएको कार्यक्रममा समेत सहभागी भइसकेका छन् । अहिले आफैं ‘इ–कमर्स’ बिजनेसमा लागेका छन् । जसबाट उनी आफ्ना लागि कमाउन सक्षम छन् । इन्टरनेट, इमेलबाटै सिकेका र जानेका कुराबाट उनलाई अवसरहरु आइरहेका छन्।

अभिनवले विदेशमै आइटी इञ्जिनियरिङ गर्ने अवसर पाएका छन् । बाहिर पढे पनि नेपाल फर्किने उनको सोच छ।

उनी भन्छन्, ‘म थालासेमिया भएका अरुहरुका लागि देशमै बसेर केही गर्न सक्छु भन्ने सोचेर फर्किएँ । अब केही वर्ष पढेर फर्किने कि भन्ने सोच पलाएको छ।’

उनले सानोमा सुनेको ‘बोझ भएर जन्मियो’ भन्ने शब्दलाई समाजको संस्कारका रुपमा बुझेका छन् । उनी भन्छन्, ‘बिरामी भएपछि केही गर्नै सक्दैन भन्ने सोचाइलाई पराजित गर्ने हुटहुटीकै कारण म निरन्तर डटिरहेको छु।’

थालासेमिया अर्थात् शरीरमा रगत बन्न नदिने रोग । थालासेमियाले मानव शरीरलाई अनिवार्य चाहिने रगत बन्न नदिएपछि यसका बिरामीले नियमित रुपमा रगत बाहिरबाट लिनुपर्ने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं ठमेलका अभिनवलाई यो समस्या ६ महिनाको उमेरदेखि नै देखियो । उनी बिरामी भएपछि भारतको भेलोर अस्पताल पुर्‍याउँदा यो रोग भएको पत्ता लागेको थियो । उनले बाहिरबाट रगत लिन थालेको साढे २० वर्ष भइसक्यो।

बुझ्ने भएपछि उनले आफू साथीहरुभन्दा केही फरक रहेको महसुस गरे । चिकित्सकको नियमित निगरानीमा रहनुपर्दा कति दिन उनको स्कुल छुट्थ्यो । छरछिमेकबाट कटु वचन सुन्थे, ‘यसले केही गर्न सक्ने होइन । बिरामी छ, मरिहाल्छ!’

उनलाई महसुस हुन्थ्यो, जन्मिएर बोझ बनिएछ । तर, उनले हतोत्साही हुनुको साटो छरछिमेकीको वचनलाई नै इखको रुपमा लिए । आफूलाई सधैं फरक काम गर्न उत्प्रेरित गरे । त्यसैले सामान्य अवस्थाका उनका अरु साथी अझै ‘अल्लारे’ भइरहँदा उनी भने दायित्व वहन गर्ने भइसकेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भन्छन्, ‘एउटा उमेरपछि मान्छेसँग देश, समाज र परिवारसँग जोडिएका केही दायित्व हुन्छन् । त्यही दायित्व केही वर्षदेखि निर्वाह गरिरहेको छु।’

थालासेमिया भएका बिरामीहरुको संगठनमा उनको परिचय सक्रिय सदस्य हुन् । नेपाल थालासेमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठकले उनलाई सगर्व सक्रिय सदस्यका रुपमा चिनाएका थिए।

उनले सानोमा सुनेको ‘बोझ भएर जन्मियो’ भन्ने शब्दलाई समाजको संस्कारका रुपमा बुझेका छन् । उनी भन्छन्, ‘मलाई त्यस्तो भन्ने व्यक्तिभन्दा पनि त्यस्तो सिकाउने हाम्रो संस्कार नै दोषी हो । बिरामी भएपछि केही गर्नै सक्दैन भन्ने सोचाइलाई पराजित गर्ने हुटहुटीकै कारण म निरन्तर डटिरहेको छु।’

उनी धेरै समय परिवारको ‘बोझ’ भएनन् । अलि हुर्किएपछि नै ‘रगत ट्रान्सफ्युजनका लागि लिनुपर्ला’ भनेर अभिभावकलाई सोच्नै दिएनन् । उनले सम्झिए, ‘घरमा यस्तो कुरा निस्किने बेलासम्म म रगत ‘ट्रान्सफ्युजन’ गरेर आइसक्थेँ।

त्यसपछि परिवारले उनको स्वास्थ्यप्रति तनाव लिनुपरेको छैन । उनी भन्छन्, ‘बिरामी नै भएपछि चिसो–तातो पानी सोध्ने कुरा सबैलाई भइहाल्छ । त्यसबाहेकका बोझ मैले परिवारबाट अलग्गै राखेको छु।’

उनी सक्रिय रहेको थालासेमिया सोसाइटीमा २ सय जना बिरामी सदस्य छन् । उनीहरुको हकहितका लागि लडिरहँदा एक पटक सरकारी अधिकारीले भनेको सुने, ‘जम्मा २ सय जना मात्र हुनुहँदो रहेछ, तपाईंहरुलाई कसरी हेर्ने ?’

उनले प्रतिप्रश्न गरे, ‘त्यसो भए जबर्जस्ती बिरामी बनाएर ५० हजार पुर्‍याउने?’

उनी नेपाललाई ‘भिटामिन र एन्टिबायोटिक’को देशको संज्ञा दिन्छन् । ‘यो देशमा उपचार त्यत्ति मात्रै हो । स्वास्थ्यका ब्युरोक्र्याट्सले कुरै बुझ्दैनन्,’ उनले भने, ‘हामीले अरु केही मागेका होइनौं । हाम्रो बाँच्ने अधिकार अर्थात् उपचारमा सहज गराइ पाऊँ भनेका हौं।’

आफ्ना लागि त सबैले गर्छन् । उनी अरुका लागि पनि केही गर्न चाहन्छन् । तर, उनलाई महसुस भएको छ– ठूलो परिवर्तन राजनीतिबाट मात्रै सम्भव छ । त्यसैले आगामी कदम उनको राजनीतितिर हुनेछ।

नेपालको स्वास्थ्य क्षेत्रमा उनले एक खालको क्रान्तिको खाँचो देखेका छन् । त्यसका लागि पनि उनलाई आफू राजनीतिक रुपमा अघि नबढी नहुने देखेका छन्।

उनले आकलन गरेका छन्, ‘नेपालको स्वास्थ्य क्षेत्र परिवर्तन हुन १५ वर्ष लाग्छ । किनकि त्यतिसम्ममा मात्रै सबैलाई स्वास्थ्य अधिकारबारे चेतना दिन सकिन्छ । जुन दिनसम्म स्वास्थ्य चेतना मानिसहरुसम्म पुग्दैन । त्यो दिनसम्म स्थिति यस्तै रहिरहनेछ।’

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्