काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको विभिन्न नदि नियन्त्रणको नाममा फागुन महिनामा मात्रै अर्थ मन्त्रालयले १० करोड रुपैयाँ रकमान्तर गरेको छ।
अर्थ मन्त्रालयले भैपरी आउने विकास खर्च शीर्षकमा कन्काई, बिरिङ, रतुवामाइ र कमल खोला लगायतका नदिको तटबन्ध निर्माणका लागि यो रकम निकासा गरेको जनाएको छ।
मन्त्रालयले तटबन्ध निर्माणका लागि प्रचलित कानुन र मापदन्डको प्रक्रिया पुरा गरी खर्च गर्ने गरी रकमान्तर गरेको जनाएको छ।
यसैगरी पूर्वको राप्ती नदि नियन्त्रण गर्न र नारायाणी नदि व्यवस्थापन आयोजनाका लागि पनि अर्थ मन्त्रालयले फागुन महिनामा १५ करोड रुपैयाँ रकमान्तर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।