काठमाडौं- स्वीटजरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक मन्चको सम्मेलन जाँदा प्रधानमन्त्री केपी ओली शर्मासहितको भ्रमण टोलीले १ करोढ ८१ लाख ३५ हजार रुपैयाँभन्दा बढी खर्च गरेको सार्वजनिक भएको छ।
गत जनवरी २२-२५ सम्म भएको सम्मेलनमा सहभागी टोलीले गरेको खर्चको रकम अर्थ मन्त्रालयले रकमान्तर गरेको छ।
यसैगरी फागुन महिनामा मात्रै अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागका लागि ४ लाख ९० हजार र गृह मन्त्रालयको लागि ४२ लाख ८० हजार रुपैयाँ रकमान्तर गरेको छ।
फागुन महिना अर्थ मन्त्रालयले गरेको रकमान्तरको शीर्षक र बजेट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।