पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे निर्माणको काम १५ दिनभित्रै सम्पन्न हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरवका आयोजना निर्देशक प्रदीप अधिकारीले चिनियाँ निर्माण कम्पनी सीएएमसीईले अबको १५ दिन भित्रै रन-वे निर्माणको काम सक्ने जानकारी दिए।विमानस्थलको २५ सय मिटरको रन-वे र एप्रोन निर्माणका अन्तिम चरणका पुगको उनको भनाइ छ।
'पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे ढलान गर्ने काम अन्तिम चरणका पुगेको छ,' उनले भने, 'कुनै आपत्कालीन समस्या तथा अवरोध नभए विमानस्थल निर्माणको काम तोकिएको समय अगावै सम्पन्न हुने छ।'
सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीइलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सयम सिमा तोकिएको छ।
पहिलो पटक प्रधानमन्त्री भएको बेला केपी शर्मा ओलीले २०७३ वैशाख १ गते विमानस्थलको शिलान्यास गरेका थिए। झन्डै २२ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई विमानस्थल निर्माणका लागि दिने सहमतिसँगै विमानस्थल निर्माणको काम सुरु भएको थियो।
अन्तर्रा्ष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवसतरण गर्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।