काठमाडौँ- नेकपा एमालेको मंगलबार बस्ने स्थायी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवार टुंगो लगाउने भएको छ।
एमाले प्रचार विभागका सचिव विष्णु रिजालकाअनुसार प्रदेश नं ७ को उम्मेदवारी छनोट प्रक्रिया लगभग सकिएको र मंगलबार प्रदेश नं ६ बाट उम्मेदवार चयन प्रक्रिया अगाडि बढ्नेछ।
नेकपा (माओवादी केन्द्र) सँग भएको सहमतिका आधारमा उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइएको एमालेले जनाएको छ।
माओवादी केन्द्रले समेत उम्मेदवार छनोट प्रक्रिया सुरु गरे पनि कुनै ठोस निर्णय भने सार्वजनिक गरेको छैन। सो पार्टीले पनि मंगलबार नै उम्मेदवार छनोट प्रक्रियालाई अन्तिम रुप दिने जनाएको छ।
तर दुई पार्टीबीच चितवन क्षेत्र नं २, सल्यान, झापा नं २, सुनसरीको दुई क्षेत्रका विषयमा सहमति हुन सकेको छैन। ती क्षेत्रको विषयमा समेत सहमति जुटाएर उम्मेदवारी छनोट गर्ने र प्रचारप्रसारमा लाग्ने नेताहरुले प्रतिक्रिया दिएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।