काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागी बङ्गलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित उर्जा मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्धिपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो।
भेटमा नेपाल र बङगलादेशको बीचमा भएका सहमति र सहकार्यका बारेमा समेत छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ।
मन्त्री पुनले बङ्गलादेशमा केही समयअघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरे।
भेटमा बङ्गलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी समेत दिइन्। उनले उर्जा क्षेत्रमा लगानीका लागि बङ्गलादेश सरकार इच्छुक रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।