काठमाडौं- लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा झापा ३ मा कांग्रेस नेता कृष्ण सिटौलासँग नेता राजेन्द्रप्रसाद लिङ्देनलाई भिडाउने भएको छ।
सोमबार बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले झापासहित ४ जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जिल्लामा प्रत्यक्षतर्फको उम्मेदवारको नामावली टुंगो लगाएको हो।
राप्रपाले मकवानपुर १, झापा ३, काठमाडौं ७, बाँके २ र दैलेख १ मा उम्मेदवारको टुंगो लगाएको हो । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले मकवानपुर १ मा अध्यक्ष कमल थापा, झापा ३ मा राजेन्द्रप्रसाद लिङ्देन, काठमाडौं ७ मा विक्रमबहादुर थापा, बाँके २ मा ओमप्रकाश आजाद र दैलेख १ मा दीपककुमार शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यस्तै, अन्य जिल्लाका उम्मेदवार यथाशीघ्र टुंगो लगाउने बैठकको निर्णय छ । बैठकले पार्टीको घोषणापत्र कात्तिक २० गते सार्वजनिक गर्ने निर्णय समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।