रसुवा– मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि रसुवामा मुख्य दलका उम्मेदवारहरुले सामाजिक सञ्जाल मार्फत प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
लोकतान्त्रिक र वाम गठबन्धनका मुख्य उम्मेदवारहरुले फेसबुक र ट्विटर मार्फत चुनावी प्रचारप्रसार गर्दै आएका छन् । दलहरु निर्वाचन प्रचारप्रसारका लागि आवश्यक पर्ने सामग्री निर्माण तथा अगुवा कार्यकर्ता अभिमुखीकरण, बैठक जस्ता कामको व्यस्तताले अहिले सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरिएको गठबन्धनका प्रसारप्रसारका संयोजकहरुले बताएका छन्।
सामाजिक सञ्जाल यतिबेला चुनावी प्रचारप्रसारले रंगिएका छन् । रसुवामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको तीव्र प्रतिस्पर्धा हुने भएपछि दुवै विकास–निर्माणका योजनासहित विभिन्न नारा तय गरेका छन् ।
घरदैलो अभियानमा जाने तयारीमा रहेका उम्मेदवारहरुले पहिलो चरणमा सामाजिक सञ्जालको प्रयोग गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।