काठमाडौं- नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्योग संचालनका लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
अध्यक्ष शर्माले उद्योग संचालनका लागि विद्यमान कानुनमा समय सापेक्ष सुधार गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भने, 'उद्योग संचालनका लागि मुलुकमा सुधारका प्रयास सुरु भएको उल्लेख गर्दैै त्यसमा नयाँ-नयाँ सम्भावनाको खोजी गरी मुलुकमा उद्यमशीलताको विकास गर्न पनि नयाँ पुस्तालाई आग्रह गर्छु।'
अध्यक्ष शर्माले मुलुकमा उद्यमशीलताको विकासका लागि भाषण होइन् कामै गरेर देखाउनुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।